२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बाह्रदशी गाउँपालिकाको सय दिन

भदौ १२, २०७९, १२:२१ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाह्रदशी, ११ भदौ । बाह्रदशी गाउँपालिकाका जनप्रतिनिधिले सपथ ग्रहण गरेर कार्यभार सम्हालेको आज एक सय दिन पुरा भएको छ ।

गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाईले अध्यक्षको जिम्मेवारी पाएपछि जनताको सेवामा क्रियाशिल भएको सय दिन पुरा भएको जानकारी दिए ।

कार्यभार सम्हालेर जनताको बीचमा सय दिन काम गर्दै गर्दा शिक्षा र स्वास्थ्यलाई नै मुख्य प्राथमिकतामा राखेर अघि बढेको उनले बताए । ‘गाउँपालिकाले सबै क्षेत्रलाई समेटेर अघि बढेको छ’, अध्यक्ष चम्लागाईले भने– ‘त्यसमा पनि शिक्षा र स्वास्थ्यका क्षेत्रमा ध्यान दिएका छौँ ।’

निर्वाचित भएपछि झापाका १५ वटै पालिकाले आर्थिक वर्ष २०७९÷८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । बाह्रदशी गाउँपालिकाले भदौं १० गते कार्यक्रमको पुस्तिका नै सार्वजनिक गरिसकेको छ । त्यसका अलवा गाउँपालिकाका अध्यक्ष चम्लागाईले सय दिनका मुख्य कामहरु सार्वजनिक गरेका छन् ।

गाउँपालिकाको कार्यभार सम्हाले लगत्तै अध्यक्षले गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे गर्ने घोषणा गरे बमोजिम कार्यान्वयन भइसकेको छ । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका अध्यक्ष चम्लागाईले भर्खरै ५० लाख बराबरको स्वास्थ्य उपकरणसहित सामग्री ल्याएका छन् ।

५ शैयाको अस्पताल सञ्चालनका लागि मन्त्रालयबाट डिजिटल एक्सरे, इसीजी मेसिन लगायतका सामग्री ल्याएको चम्लागाईको भनाई छ । अस्पताल सञ्चालनका लागि एमबीबीएस डाक्टरको व्यवस्था भइसकेको गाउँपालिकाले जनाएको छ ।

हालसम्म आधारभुत स्वास्थ्य केन्द्र स्थापना नभएको वडा नं. ३ मा स्वास्थ्य सेवा प्रदान गर्नलाई अहेव, अनमी र कार्यालय सहयोगी नियुक्त गरेर सेवा प्रारभ्म गरिएको छ । स्वास्थ्य स्वयमसेविकाहरुलाई तलव बृद्धि गरिएको छ । अध्यक्ष चम्लागाईका अनुसार स्वयम्सेविकाहरु अवकास हुँदा एकमुष्ट १ लाख रुपैयाँ उलपब्ध गराउने निर्णय गरिएको छ ।

बाह्रदशी गाउँपालिकाबासी नागरिकलाई निःशुल्क रगतको व्यवस्था मिलाइएको छ । त्यसका लागि गाउँपालिकाले रेडक्रससँग सम्झौता गरिसकेको छ । बाह्रदशीका नागरिकले उपचारका क्रममा रगत खोजीमा भौतारिनु नपर्ने र कुनै शुल्क पनि बुझाउनु नपर्ने व्यवस्था मिलाइएको अध्यक्ष चम्लागाईले जानकारी दिए । गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि समेत बजेट छुट्याइसकेको छ ।

सय दिनका मुख्य–मुख्य काम र निर्णयहरु सार्वजनिक गर्दै उनले बाह्रदशीमा सामुदायिक क्याम्पस नभएकाले स्थापनाका लागि आवश्यक प्रक्रिया थालिएको उनले जानकारी दिए ।

शिक्षा, स्वास्थ्य र वडा कार्यालयहरुको अनुगमन गरिसकेका अध्यक्ष चम्लागाईले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि टेण्डर आव्हान गरिसकेको बताए । उनका अनुसार त्यसका लागि आवश्यक व्यवस्थापनको काम पनि भइरहेको छ ।

हरेक वर्ष बाढी, कटानको जोखिम रहेको वडा नं.७ को गोलुगाउँ पश्चिम बाँसको सहायतामा नियन्त्रणको काम गरेको उनको भनाई छ । सो कार्यले प्रभावित नागरिक सुरक्षित भएका छन् ।

यस्तै, आवास विहीनहरुका लागि आवास निर्माण, खानेपानीका समस्या समाधान र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि सरोकारवाला माथिल्लो निकायसँग समन्वय भइरहेको उनको भनाई छ ।

अध्यक्ष चम्लागाईले सय दिन उपलब्धिमुलक भएको प्रतिक्रिया दिदैँ बितेको सय दिनमा सबै जनप्रतिनिधिहरु, कर्मचारी र आम बाह्रदशीबासी नागरिकसँग अपेक्षाकृत सहकार्य र समन्वय भइरहेको जानकारी दिए ।

पछिल्लो समाचार

जेसीजसँग हातेमालो गर्न नगरपालिका तयार : मेयर बुढाथोकी

अघिल्लो समाचार

तीजमा साडी पाउँदा विपन्न महिलाहरु दंग

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.