मेचीनगर, १३ भदौ । महिलाहरुको महान चाड हरितालिक तीज अहिले देशभर खुसीयालिका साथ मनाइरहेको अवस्था छ ।
आज दरखाने दिन । भोलि व्रत बस्ने । अनि यसवर्षको तीज सकिन्छ । स्वादेश वा विदेशमा बस्ने हरेक नेपाली महिलाहरुले महंगा महंगा साडी, गरगहना लगाएर तीज धुमधामसँगले मनाइरहेका छन् ।
हुनेखाने वर्गका लागि यो तीज सामान्य हो । वषैँपिछे आउछ, जान्छ । तर नेपालमा यस्ता पनि महिलाहरु छन् । जस्ले तीजमा राम्रो एकसरो साडी लगाएर तथा मिठो परिकारहरु बनाएर, खाएर मनोरञ्जन गर्न पाएका छैनन् ।
ती वर्गले जहिलै पुरानो साडी र नक्कली गरगहना लगाएर तीज मनाउनु पर्ने बाध्यता छ । ऋण खोजेर भएपनि परम्परा धान्न नयाँ एकसरो साडी लगाउनु पर्ने अवस्था विपन्न वर्गको परिवारमा अझै छ ।
हाम्रो समाजमा महिलाहरुको केहि यस्ता संस्थाहरु पनि छन् जसले तीजमा विपन्न वर्गका महिलाहरुलाई बोलाएर साडी दिएर मजाले दर खुवाएर सम्मान गर्ने चलन छ ।
आइतबार मेचीनगर–९ कोे नारी कल्याणकारी विकास संस्थाले तीज विशेष कार्यक्रमको आयोजना गरेर स्थानीय २५ जना विपन्न महिलाहरुलाई साडी, चुरा, पोते, टिका, धागो वितरण गर्यो अनि दर खुवाएर सम्मान गरेको छ । कार्यक्रममा सो संस्थाले जनप्रतिनिधिहरुलाई समेत टोपी लगाइदिएर सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले विपन्न वर्गका महिलाहरुलाई सो सामान हस्तान्तरण गरेका थिए । तीजमा साडी पाएपछि उनीहरु खुसी भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बुढाथोकी, ९ नम्बर वडाका वडाध्यक्ष कञ्चन तामाङ, सोहि वडाका पूर्व वडाध्यक्ष गोपाल खड्का, वान नेपालकी संस्थापक अध्यक्ष मीरा पोखरेल, सञ्जिवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी उप्रेती, तारापुञ्ज छोरी–वुहारी संस्थाकी अध्यक्ष सीता पोखरेल, उपभोक्ता महिला कृषि सहकारी संस्थाकी उपाध्यक्ष प्रतिक्षा पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नारी कल्याणकारी विकास संस्थाकी अध्यक्ष जानुका ओलीको अध्यक्षता, स्वागत उपाध्यक्ष पुष्पा भण्डारीले र कार्यक्रमको सञ्चालन लक्ष्मी श्रेष्ठले गरेकी थिइन् ।
‘तीज सबै नारीहरुको उत्तिकै चाड हो’, अध्यक्ष ओलीले भनिन्–‘स्थानीय विपन्न महिलाहरुले पनि तीज राम्रोसँग मनाउन भन्ने उद्देश्यले उहाँहरुलाई सामान्य भएपनि साडी लगायत सामग्री दिएर दर खुवाइएको हो ।’
Discussion about this post