बिर्तामोड, १६ भदौ । नेपाल कम्युनिस्ट पार्टीको तेस्रो झापा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
बिर्तामोड स्थित अग्रसेन भवनको हलमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज दिपेश राईको रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राई, अनेमसंघ (क्रान्तिकारी) कि केन्द्रीय कोषाध्यक्ष कमला कन्दङ्वा, युवा संगठन नेपाल प्रदेश १ इन्चार्ज सुवास राई, सहिद परिवार सदस्य दिपक लोकान्द्री, सल्लाहकार सदस्य खोम मिश्र, केन्द्रीय सल्लाहकार समिति सदस्य होम खतिवडा, पार्टीका जिल्ला इन्चार्ज सुमन लिम्बू, जिल्ला सदस्य रोशनी लिम्बुल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि राईले नेकपालाई कमजोर नआँक्न चेतावनी दिएका छन् । माओवादी पार्टीको नेतृत्वमा भएको १० वर्षे जनयुद्ध लडेर आएको स्मरण गराउँदै नेता राईले नेकपालाई कमजोर नआँक्न चेतावनी दिएका हुन् ।
नेता राईले नेकपा त्यहि प्रतिबद्धता र त्यहि लक्ष बोकेर आएका योद्धाहरुको पार्टी रहेकाले राज्यले कमजोर आँके दुर्घटना निम्तिने चेतावनी दिएका छन् ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बू, अनेमसंघ (क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष कमला कन्दङ्वा, युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा प्रदेश १ इन्चार्ज सुवास राई, अखिल (क्रान्तिकारी) का प्रदेश–१ इन्चार्ज हरी पुन, सहिद परिवारका सदस्य दीपक कन्दङ्वा, जिल्ला सल्लाहकार सदस्य खोम मिश्र, गणेश पौडेल लगायतको आतिथ्यता रहेको थियोे ।
खुल्लासत्र सकिए लगत्तै बन्दसत्र सुरु भएको र बन्दसत्र कार्यक्रमले आगामी झापा जिल्लाको नयाँ नेतृत्व चयन गर्ने नेकपा झापाले जानकारी दिएको छ ।
पार्टीका जिल्ला सचिव प्रशान्त थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला कार्यालय सचिव सञ्जय राईले सञ्चालन गरेका थिए ।
Discussion about this post