मेचीनगर, १६ भदौ । आगामी ४ मंसिरमा हुने प्रदेश निर्वाचनका लागि झापा क्षेत्र नं. १ प्रदेश ‘ख’ बाट मेचीनगरका रामहरी नेपालको उम्मेद्वारको रुपमा नाम सिफारिस गरिएको छ ।
अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र, केन्द्रीय कार्यालयको बैठकले मेचीनगर–१० निवासी रामहरी नेपालको नाम सिफारिस गरेको हो ।
कृषिलाई आधुनिकीकरण गर्नका लागि लामो समयदेखि संघर्षरत कृषक नेता नेपाल पछिल्लो समय सामुहिक र जडिबुटी खेतीमा निकै सक्रिय रहदैँ आएका छन् ।
विगत २ दशकदेखि कुरिल्लो खेती, जडिबुटी खेती, वन पैदावारको महत्वका विषयमा औपचारिक तथा अनौपचारिक तालिम तथा प्रशिक्षण प्रदान गर्दै आएका नेता नेपालको उम्मेद्वाारीलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
Discussion about this post