मेचीनगर, १८ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा झापा क्षेत्र नं. १ बाट राप्रपाको तर्फबाट प्रत्यक्ष र समानुपातिक तर्फका आकांक्षी उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ ।
प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फका आकांक्षी उम्मेद्वार रमेश दाहाल र पुष्कर खतिवडा, प्रदेश सभा ‘क’ बाट कल्याण खड्का, प्रदेश सभा ‘ख’ बाट सबिना बजगाईंको नाम सर्वसहमत रुपमा सिफारिस गरेको हो ।
यस्तै प्रतिनिधि सभाको समानुपातिक तर्फबाट अशोक सुब्बा, माया गुरुङ, शारदा पराजुली, सम्झना विश्वकर्मा र इन्दिरा रिजालको नाम सिफारिस गरिएको जनाएको छ ।
यता प्रदेश सभा समानुपातिक तर्फबाट प्रदेश सभा ‘क’ मा बाबुराम पराजुली र सुनिता शर्मा तथा प्रदेश सभा ‘ख’ बाट दिपेश राई, अस्मिता खरेल र गणेशकुमारी न्यौपानेको नाम सिफारिस गरिएको छ ।
सिफारिस गरिएका नामहरु जिल्ला, प्रदेश हुँदै केन्द्रीय समितिमा पठाइने बताइएको छ । आगामी ४ मंसिरमा हुने संघिय र प्रदेश सभा चुनावका लागि सबै दलले आकांक्षी उम्मेद्रवारहरुको नाम केन्द्रमा पठाउन धमाधम सिफारिस गर्न थालेका छन् ।
Discussion about this post