मेचीनगर, २० भदौ । मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राज कपुर चौलागाई आउने भएका छन् ।
सोमबार सरकारले उपसचिव चौलागाईलाई मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने भएको हो ।
चौलागाई यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा कार्यरत थिए ।
मेचीनगर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहाल उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा सरुवा भएका छन् ।
सरकारले आज ५८ जना उपसचिवको सरुवा गरेको छ ।
Discussion about this post