मेचीनगर, २१ भदौ । मेचीनगर टेम्पो ई–रिक्सा एण्ड अटो यातायात प्रालि प्रधान कार्यालय काँकरभिट्टाले आज एक कार्यक्रमको आयोजना गरेर सिटी चालकलाई सम्मान गरेको छ ।
मंगलबार काँकरभिट्टा बसपार्कमा आयोजित कार्यक्रममा प्रालिले मेचीनगर–७ निवासी सिटी चालक जंगबहादुर गुरुङलाई नगद १० हजारसहित सम्मान गरेको हो ।
सम्मानित सिटी चालक गुरुङ २०७८ माघ १६ गते काँकरभिट्टाबाट घर जाने क्रममा टोकला चिया बगान छेउमा मोटरसाइकलसँग ठोकिएर दुर्घटनामा परेका थिए ।
उनको देव्रे पटिको ९ वटै करङ भाचिएको थियो । विराटनगर स्थित नोवेल मेडिकल अस्पतालमा लामो समयको उपचारपछि निको भएर भर्खरै घर आएका थिए ।
कार्यक्रममा प्रालिका दुर्घटना उपसमितिका संयोजक एकराज तिम्सिना लगायतले बोलेका थिए ।
मेचीनगर टेम्पो ई–रिक्सा एण्ड अटो यातायात प्रालिका अध्यक्ष गणेश चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत दुर्घटना उपसमितिका सहसंयोजक विवेक लिम्बुले र सञ्चालन सचिव दावा तामाङले गरेका थिए ।
Discussion about this post