मेचीनगर, २१ भदौ । मेचीनगर–६ स्थित मिश्र डाडाको एउटा घरमा बरखान्तको प्रसाद खादा करिव ३५ छिमेकी तथा आफन्तहरु विरामी परेका छन् ।
मिश्र डाडाका जनम थापा मगरको घरमा आइतबार श्रीमान भीम मगरको एक वर्षको बरखान्त सकेर सोमबार पुजा लगाइएको थियो ।
मगरको परिवारले वार्षिकीमा आफन्त र छिमेकीहरुलाई प्रसाद खान बोलाएको स्थानीय समाजसेवी राजकुमार पराजुलीले जानकारी दिए । अधिकांश विरामी महिला र बच्चाहरु रहेको पराजुलीको भनाई छ ।
पुजाको प्रसाद खाएका करिव ३५ जना आफन्त र छिमेकीहरु मंगलबार विरामी परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले बताए ।
विरामीहरुलाई मनिषा, तेजस्वी मेडिकल, धुलाबारी आम्दा, बिर्तासिटी, वीएण्डसी र ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको डीएसपी महतोले बताए ।
उनका अनुसार डाक्टरले फुड पोइजन भएको बताइएको छ । यसअघि पनि काँकरभिट्टा माविको क्यान्टिनमा दिउसो नस्ता खाएका ३१ ज्ना विद्यार्थीहरु विरामी परेका थिए ।
Discussion about this post