मेचीनगर, २२ भदौ । नेपाल कुचो व्यवसायी महांसघको तत्कालको कार्यसमितिलाई पूर्नगठन गरिएको छ ।
बुधबार धुलाबारीमा बसेको कार्यसमितिको वैठकले पुरानो कार्यसमिति भंग गरेर नयाँ कार्यसमिति गठन गरेको हो ।
कुचो व्यवसायी एवम समाजसेवी तेजराज प्रसाईको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ ।
अध्यक्ष प्रसाई नेतृत्वको समितिको वरिष्ठ उपाध्यक्षमा प्रल्हाद साह, उपाध्यक्षमा राजेश साह, महासचिवमा कृष्ण कनाल, सहसचिवमा रोहित साह र कोषाध्यक्षमा दिनानाथ चौधरी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा विजय गुप्ता, राजु गुप्ता, राधेश्याम साह, मुन्ना साह, रामकिशोर साह, सुरज सुवेदी, सञ्जय साह, अजय साह, चन्देश्वर साह र राकेश झा छन् ।
त्यसैगरी सल्लाहकार समितिमा रामचन्द्र चौधरी, बद्रीप्रसाद गुप्ता, रामेश्वर चौधरी, प्रदिप चौधरी, श्रीकिसन साह र पन्नालाल जैन रहेका छन् ।
संघको यहि शनिबार साधारण सभा हुने भएको महासचिव कनालले बताए ।
Discussion about this post