मेचीनगर, २२ भदौ । बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले २२ औं शाखा काकँरभिट्टामा स्थापना गरेको छ ।
गत वैशाखदेखि नै नयाँ शाखाको रूपमा कारोबार सुरु गरेको संस्थाले बुधबार काँकरभिट्टा खानेपानी सस्थाको सभाहलमा विधिवत रूपमा शाखा कार्यालय उद्घाटन गरेको छ । कार्यालयको उद्घाटन मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष तामाङले सहकारीले नाफा कमाउनु भन्दा पनि आफ्ना सदस्यहरुको जीवन उकास्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
हाम्रो नेपाल साकोस बिर्तामोडका अध्यक्ष भवानीप्रसाद दंगालले सहकारीले सदस्यहरुलाई समस्या परेको बेला ऋण लगानी बन्द गरेर बसेको अवस्थामा पनि हाम्रो संस्थाले आवश्यकताको आधारमा सदस्यहरुलाई ऋण लगानी गरीरहेको बताए ।
संस्थाले शेयर सदस्य अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरेको छ । सोहि अवसरमा संस्थाले ३ जेष्ठ नागरिक आमाहरुलाई नगदसहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा खगमाया भट्टराई, कालीदेवि गौतम र योसिना गुरुङ छन् ।
संस्थाका सञ्चालक समिति सदस्य राजेन्द्र गौतमले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको स्वागत काँकरभिट्टा शाखा प्रमुख कुसुम सुवेदी र सञ्चालन संस्थाकी विभागिय प्रमुख ज्योती पराजुलीले गरेकी थिइन् ।
Discussion about this post