झापा, २४ भदौ । नेपाल सरकारले बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको विहीबार निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ ।
महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवम् विदेश स्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।
Discussion about this post