झापा, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको आगामी भदौ ३१ गते झापा जिल्ला अधिनेशन हुने भएको छ ।
सो अधिवेशनको प्रमुख आतिथ्यता राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको रहने छ ।
लिङदेनको प्रमुख आतिथ्यमा हुने कार्यक्रमलाई युवाहरुले चासोको रुपमा लिएको युवक संगठनका झापा अध्यक्ष राजकुमार चाम्लिङ राईले बताए ।
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको चुनाव नजिकिदै गर्दा यो अधिवेशनको महत्व बढाउन अध्यक्ष राईको संयोजकत्वमा ५०१ सदस्यीय समिति विस्तार हुने बताइएको छ ।
यहि भदौ ३१ गते बिर्तामोड स्थित आदर्श ब्याङकेट हलमा हुने कार्यक्रममा अध्यक्ष लिङदेनले चुनावी तालमेलको विषय र युवाहरुलाई चुनावमा कसरी परिचालन गर्ने बारेमा सम्बोधन गर्नेछन् ।
झापा क्षेत्र नं ३ बाट फेरि चुनावमा उठ्न लागेका लिङदेनलाई गतवर्षको चुनावमा जिताउन युवाहरुको भूमिका महत्वपूर्ण रहेको संगठनका केन्द्रिय सदस्य दिपेस राई (गोरे) ले बताए ।
अधिवेशनमा राप्रपा प्रदेश नं १ का अध्यक्ष एवम् दमक नगरपालिकाका मेयर राम थापा, युवक संगठनका केन्द्रीय अध्यक्ष राजु लोहनी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने छ ।
सोमबार बिर्तामोडको पार्टी कार्यलयमा बसेको वैठकले अधिवेशनका लागि केन्द्रिय सदस्य गोरेको संयोजकमा प्रचार प्रसार समिति गठन भएको छ । भने
युवक संगठन झापाको अधिवेशनले नै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन हुने राप्रपाका झापा अध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिए ।
Discussion about this post