८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अलैँचीको मूल्य सम्बन्धी प्रकाशित समाचारप्रति महासंघको आपत्ति

भदौ ३०, २०७९, ७:३० .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, २९ भदौ । काठमाडौँबाट प्रकाशित एउटा अनलाइनले अलैंचीको मूल्यको सम्बन्धमा प्रकाशित गरेको समाचारप्रति नेपाल अलैंची व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

काठमाडौंको सो अनलाइनले बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानको भनाइ उद्धृत गर्दै अलैंचीको मूल्यको विषयमा लेखेको समाचारले अलैंची कृषक, व्यवसायी तथा निर्यातकर्तामा भ्रम सिर्जना गरेको भन्दै महासंघले आपत्ति जनाएको हो ।

समाचारका अनुसार भारतले नेपाली अलैंची प्रतिकिलो ७ सय रुपैयाँमा खरिद गरेर आफ्नो ब्राण्डमा खाडी देशहरुमा प्रतिकिलो १७ सयमा बिक्री गर्दै आएको जनाएको छ ।

सोही विषयलाई लिएर महासंघले एक विज्ञप्ति जारी गर्दै समाचारमा अलैंचीको मुल्यको विषयमा उल्लेखित कुरा तथ्यहीन भएको स्पष्ट पारेको छ ।

अध्यक्ष निर्मल भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘अहिलेको प्रतिस्पर्धात्मक बजारमा कुनै पनि वस्तुको मूल्य पारदर्शी हुने गर्दछ, विश्वबजारमा मूल्य निर्धारण हुँदा समाचारमा भनिएजस्तो मूल्य निर्धारणको अन्तर हुँदैन, यसैले यो तथ्यहीन र कपोलकल्पित छ ।’

सो अनलाइनले भदौ २६ गते आइतबार ‘भारतले नेपाली अलैँची ७ सय रुपैयाँमा किनेर खाडी देशमा १७ सय भारुमा बेच्छ : अध्यक्ष गोल्यान’ शीर्षकमा प्रकाशित गरेको समाचारको तेस्रो अनुच्छेदमा लेखिएको छ–अध्यक्ष गोल्यानले भारतले नेपाली अलैँची ७ सय रुपैयाँमा आयात गरेर खाडी देशमा १७ सय भारुमा निर्यात गर्ने गरेको बताइएको छ ।

उनले नेपाली युवाले नेपाली उत्पादनलाई प्याकिङ गरेर विदेशी निर्यात गर्ने सोचमा भए सिविफिनले आर्थिक सहयोग गर्नसक्ने बताए । उनले भने, ‘हामी अलैँची ७ सय रुपैयाँमा भारतमा निर्यात गर्छाैँ । त्यही अलैँची भारतले १७ सय भारुमा खाडी देशमा बिक्री गर्छ ।

नेपाली कृषिजन्य उत्पादनलाई बाहिर निर्यात गर्ने व्यवसाय गर्छन भने बैंक तथा वित्तीय संस्था परिसंघ र वाणिज्य बैंकहरूले पैसाको कम हुन दिँदैन । त्यसका लागि सहयोग गर्ने प्रयासमा छौँ । अब नेपाली भएर नेपाली लगाऔँ, नेपाली खाऔँ ।’

सोही अनुच्छेदप्रति कडा आपत्ति जनाउँदै महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘लामो समयदेखि मूल्यको गिरावटले मारमा परेका कृषक तथा व्यवसायीहरुमा यसप्रकारका तथ्यहीन सूचनाको प्रभावले अन्योल तथा भ्रम सिर्जना हुने हुँदा अनर्गल प्रचार नगर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछौँ ।

साथै, यसप्रकारका हल्ला र भ्रामक समाचारका पछि नलाग्न, आधिकारिक तथ्य र सूचनाको लागि नेपाल अलैंची व्यवसायी महासंघसँग सम्पर्क गर्नुहुनका लागि कृषक, व्यवसायी तथा सञ्चारकर्मीहरुमा हार्दिक अपिल गर्दछौँ ।’

पछिल्लो समाचार

झापामा २७ जना डेंगुका रोगी, मेचीनगरमा विषादी छिट्दै

अघिल्लो समाचार

सीमा क्षेत्रमा लामो दुरीको गस्ती परिचालन

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.