।। अर्जुन कार्की ।।
मेचीनगर, ३० भदौ । झापामा २७ जना डेंगुका विरामी फेला परेका छन् ।
श्रोतका अनुसार झापामा २७ जना डेंगुका विरामी फेला परेको बताइएको छ ।
मंगलबार जिल्लामा भएको एक छलफलमा स्वास्थ्य कार्यालय झापाले सो संख्याका विरामी फेला परेको जानकारी गराएको छ ।
मेचीनगरमा पनि ९ जना डेंगुका विरामी फेला परेको बुझिएको छ । उनीहरु स्थानीय अस्पतालमा उपचार गराईरहेका र कोहि घर फर्किएको श्रोतले जनाएको छ । मेचीनगर नगरपालिकासँग भने सो संख्यामा विरामी भएको आधिकारिक डाटा छैन ।
डेंगुका विरामीमा टाउको दुख्ने, वान्ता हुने, ज्वरो आउने, शरिर कमजोर हुने लगायतका लक्षण देखिन थालेको छ ।
मेचीनगरमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि केहि दिनदेखि वडा–वडामा माईकिङ र प्रचारप्रसार गरिरहेको मेचीनगर नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख सविता भेटवालले बताइन् ।
उनका अनुसार मंगलबारदेखि मेचीनगर–६ नम्बर वडाको डेंगु जोखिम क्षेत्र भएको बसपार्क, होटल लगायतमा विषादी छिट्न सुरु गरिएको छ ।
काँकरभिट्टाको विभिन्न जोखिम क्षेत्रमा विषादीसहितको ट्याङ्की बोकेर ४ जना व्यक्तिहरु ज्यालादारीका रुपमा खटिएका छन् । त्यसको समन्वय होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) ले गरिरहेका छन् ।
पहिलो चरणमा डेंगु जोखिम क्षेत्र काँकरभिट्टा, धुलाबारी र चारआलीमा विषादी छिट्ने कार्य गरिने भेटवालले जानकारी दिइन् ।
Discussion about this post