झापा, २९ भदौ । प्रहरीले सीमा क्षेत्रबाट हुने चोरी, तस्करी र अपराधजन्य गतिविधिहरुको रोकथाम तथा नियन्त्रणका लागि लामो दुरीको पैदल गस्ती परिचालन गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले झापा, मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रहरुको अनुगमन कार्ययोजना २०७९ अनुसार सिमावर्ती क्षेत्रबाट हुने चोरी, तस्करी र अपराधजन्य गतिविधिहरुको रोकथाम तथा नियन्त्रणका लागि लामो दुरीको पैदल गस्ती परिचालन गरेको हो ।
कार्ययोजना अनुसार प्रहरी नायव निरीक्षकको कमाण्डमा १०÷१० जना झापा, मोरङ र सुनसरी जिल्लाको सीमा क्षेत्रमा परिचालन गरेको छ ।
Discussion about this post