मेचीनगर, ३ भदौ । संविधान दिवसको अवसरमा झापा जिल्ला कारागारका २७ जना कैदीबन्दीलाई कैद मिनाह गरिएको छ ।
नेपाल सरकारको सिफारिसमा झापाबाट २७ जना कैदीबन्दीको कैद मिनाह भएको भद्रपुरका कारागार प्रमुख सुरेन्द्र थापाले जानकारी दिए ।
कर्तव्य ज्यान ६ जना, वहुविवाहका ६ जना, किर्तेका ४ जना, सवारी ज्यानका ४ जना, ज्यान मार्ने उद्योगका ४ जना, ठगीका १ जना, खोटाचलानका १ जना र चोरीका १ जनालाई कैद भुक्तानमा मिनाह गरिएको थापाले बताए ।
Discussion about this post