२७ फाल्गुन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

रुदैँ रुदैँ पार्टी छाडेका घिमिरे एमालेमै फर्किए

अशोज १६, २०७९, १:३३ .आइतवार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १४ असोज । गत स्थानीय तहको चुनाव नजिकै रुदैँ रुदैँ पार्टी छाडेका घिमिरे अन्तत ः एमालेमै फर्किएका छन् ।

मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी नेकपा एमालेका नेता घिमिरे स्थानीय तहको चुनावमा मेचीनगर नगरपालिकाको उपमेयर पदका उम्मेद्वार थिए ।

उनले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरेर पुनः आफ्नै घर फर्किएको स्पष्ट पारेका छन् ।

तत्कालिन नकलबन्दा गाविसको अध्यक्ष, एमाले जिल्ला सदस्य समेत भइसकेका घिमिरे पछिल्लो समय एमालेको क्षेत्र नम्बर १ का संयोजक थिए ।

हेर्नुहोस् उनले सामाजिक सञ्जालमा पोष्ट गरेको विज्ञप्ती जस्ताको त्यस्तै ।

मितिः २०७९ असोज १४

सम्पूर्ण आदरणीय र प्यारा मेचीनगर बासी आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु,

सामाजिक सेवामा समावेश भई जिवनको ४०औं भन्दा बढी वसन्त विताएको मेरो प्यारो पार्टी नेकपा एमालेका सम्पूर्ण कार्यकर्ता तथा आदरणीय नेता कमरेडहरु, मैले विगत २०७८ चैत्र २९ गते म आवद्ध पार्टी नेकपा एमालेको सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै स्वतन्त्र वामपन्थी भएर बस्ने घोषणा गरेको विदितै छ ।

२१ फेब्रुअरी सन १८४८ मा शुरुवाती हरफ “अहिलेसम्म समाजको इतिहास, वर्ग संघर्षको इतिहास भएको छ” भन्ने निष्कर्ष सहित सार्वजनिक भएको कम्युनिष्ट घोषणा पत्र र २००६ बैशाख १० तदनुरुप २२ अप्रिल १९४९ का दिन कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको नेपाल कम्प्युनिष्ट पार्टीको घोषणा पत्र, विधान र कम्युनिष्ट आचरण पढ्दै र लागु गर्ने प्रयास गर्दै राजनीतिमा होमिएको म जस्तो निष्ठाबान कार्यकर्ता किन पार्टी छोड्न वाध्य हुन्छन वा वाध्य पारिन्छन भन्ने विषय चासोको विषय बनेको थियो ।

“नेपाली समाजमा विद्यमान शोषण, उत्पीडन, गरिबी, अभाव, पछौटेपन र विभेद अन्त्य गर्ने, नेपाल राष्ट्रलाई सुरक्षित, सुदृढ, विकसित, आधुनिक, शान्तिपूर्ण, समृद्ध र सुविधासम्पन्न बनाउने, सुशासन र न्यायपूर्ण सामाजिक प्रबन्ध स्थापित गर्ने, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने र नेपाली जनता तथा समस्त मानव जातिको बृहतर हित र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो ।

यस पार्टीका सबै सदस्यहरू समान छन् । पार्टीको सार्वभौम अधिकार सदस्यहरूमा निहीत रहनेछ । यसको प्रयोग विधानअनुसार हुनेछ । यो जनआधारित कार्यकर्ता पार्टी हो । पार्टी निर्माण र संचालनमा लोकतान्त्रिक पद्धती अवलम्बन गरिनेछ । यस पार्टीले जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त अवलम्बन गर्नेछ र स्वतन्त्रता र अनुशासनबीच सन्तुलन कायम गर्नेछ ।”

नेपाल कम्युनिष्ट पार्टीको विधानको प्रस्तावनामा उल्लेखित माथिका कुराहरु नै हुन कम्युनिष्ट प्रति आकर्षण बढाउने त्यही आकर्षणमा मेरो उर्जावान समय वित्यो । मेरो बुद्धि र विवेकले भ्याए सम्म उत्पीडित, वर्गीय, दुःखी र अन्यायमा परेका जनताको पक्षमा मुक्तिका लागि काम गर्दै आएँ । तर जब पार्टीगत जिम्मेवारीको कुरा आयो, पदीय जिम्मेवारी वाँडफाँडको कुरा आयो त्यतीखेर म जिम्मेवारी विहिन बनाइएँ ।

काम गरेपछि जिम्मेवारी खोज्नु, अवसर खोज्नु स्वाभाविक हुन जान्छ तर जिम्मेवारी दिने सन्दर्भमा पार्टी प्रस्तावना लत्याउने काम भयो, विधानमा व्यवस्था भए अनुरुप लोकतान्त्रिक पद्धती धेरै ठाउँमा अबलम्बन गराइएन । नजिकका, आफन्त, यसम्यान र आफ्ना गुटकालाई पटक पटक अवसर दिइयो भने फरक विचार राखेकै आधारमा कसैलाई पार्टी जिम्मेवारीबाट समेत बन्चित गर्र्ने कार्य गरियो पार्टी भित्र हुने यस्ता गतिविधिको मैले खुलेरै विरोध गर्ने गरेको थिएँ र म आम सुभेच्छुक कार्यकर्तालाई साक्षी राखेर फेरी भन्छु जहाँ बसे पनि त्यस्ता पार्टी पद्धती विपरितका कार्यको विरोध गरिरहन्छु ।

म राजनीतिक मान्छे, ४० बर्ष विताएको पार्टी परित्याग गरी स्वतन्त्र बस्ने निर्णय मेरो जीवनको दुःखद क्षण थियो । राजनीतिक रुपमा, सैद्धान्तिक रुपमा र सामाजिक तथा व्यवहारिक रुपमा समेत म अन्य कुनै पार्टीमा आवद्ध हुन सक्ने कल्पना गरेर मैले पार्टीबाट स्वतन्त्र बस्ने निर्णय गरेको थिइन । अन्य बुर्जुवा पार्टिबाट देश विकासको खाका कोर्ने र नेतृत्व गर्ने भन्ने कल्पना नेपाली समाजले गरेको छैन जुन अहिले सम्म देखिएको कुरा हो ।

पार्टीबाट अलग हुने निर्णय देखि आज सम्म आइपुग्दा मलाई हजारौ शुभेच्छुकहरुले पार्टीमा पुन काम गर्नु पर्यो, हाम्रो नेतृत्व गर्नु पर्यो भन्ने देखि पार्टी कमिटि र स्वयं जिल्ला कमिटीले समेत लिखित रुपमै पार्टीमा फर्कन गरेको आव्हान मेरो लागि महत्वपुर्ण छ । पार्टीका जिम्मेवार नेता कमरेडहरुसँगको छलफल, बैठक र परामर्शपछि जिम्मेवारी वाँडफाँडमा कसैलाई काख कसैलाई पाखा नगर्ने भद्र सहमती कायम हुन सकेको छ, यो विषय ६० बर्ष माथि उमेरको मेरा लागि होइन भोली नेतृत्वमा आउन चाहने आम कार्यकर्ताको लागि पनि खुसीको रुपमा लिनु पर्दछ ।

हो, कोही पनि एक व्यक्ति राजनीतिक, विचार, चेतना, निर्णय क्षमता सबैमा पूर्णता नहुन सक्छ, गल्ती गर्न सक्छ, आवेगको निर्णय हुन सक्छ । मैले जीवनको उर्जावान समय विताएको पार्टी चुनावमा होमिएको बेला स्वतन्त्र बस्ने निर्णय त्यहि आवेगमा थियो भन्ने निष्कर्षमा पुगेको छु । जसले गर्दा पार्टी, आम कार्यकतालाई परेको चोटप्रति क्षमा याचना गर्दै आत्माआलोचना गर्दछु र पार्टीको आव्हान बमोजिम पुन संवृद्ध नेपाल सुखी नेपालीको नारा बोकी जनताको सेवामा समर्पित मेरो प्यारो र जनताको पार्टी नेकपा एमालेमा बसेर कामगर्ने निर्णय गरेको छु । साथै विगतमा नेकपा एमाले परित्याग गरि स्वतन्त्र रहेका सम्पूर्ण मित्रहरु समेतलाई पुन पाटिमा गोलबन्द हुन आव्हान गर्दै कम्युनिष्ट आन्दोलनमा उर्जा थप्न, जनताको सेवामा समर्पित हुन र पार्टी कामलाई जीवन्त बनाइरहन सबैको साथ सहयोग निरन्तर रहने अपेक्षा गर्दछु । धन्यवाद ।

डिल्लीराम घिमिरे
काकरभिट्टा, झापा

पछिल्लो समाचार

पूर्व मेयर द्वारिकलाल चौधरी माओवादीमा प्रवेश

अघिल्लो समाचार

ओलीले सबै दललाई मञ्चमा राखेर साटे दशैँको शुभकामना

Related Posts

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र
box -2

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र

फाल्गुन २६, २०८२, ४:०९ .मङ्लबार
सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित
box -3

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित

फाल्गुन २४, २०८२, ८:१४ .आइतवार
झापा जिल्ला रास्वपाको क्लीन स्वीप
banner

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

फाल्गुन २४, २०८२, ५:५१ .आइतवार
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित
banner -2

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २३, २०८२, ३:३८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.