मेचीनगर, २६ असोज । झापा क्षेत्र नं. १ मा प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा उम्मेद्वार मनोनयन दर्ता गरेका २ जना स्वतन्त्र र १ जना पार्टीका उम्मेद्वारले आफ्नो मनोनयन पत्र फिर्ता लिएका छन् ।
प्रतिनिधिसभा सदस्यमा १ जना पार्टीका र प्रदेशसभा ‘ख’ को सदस्यमा २ जना स्वतन्त्र उम्मेद्वारले मनोनयन पत्र फिर्ता लिएका हुन् ।
मनोनयन पत्र फिर्ता लिनेमा राप्रपा नेपालबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बनेका सन्तराज कार्की रहेको निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए ।
यता प्रदेशसभा ‘ख’ को सदस्यको उम्मेद्वार बनेका राजन चिमरिया र गीताप्रसाद अधिकारीले आफ्नो मनोनयन पत्र फिर्ता लिएको महतले बताए ।
मनोनयन दर्ता गरेका ३४ जना मध्ये ३ जना उम्मेद्वारले आफ्नो मनोनयन पत्र फिर्ता लिएका छन् । अब प्रतिनिधिसभामा ३ जना र प्रदेशसभा ‘ख’ को सदस्यमा १ जना गरी ४ जना स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा उत्रिने पक्का भएको छ । प्रदेशसभा ‘क’ मा एकजना पनि स्वतन्त्र उम्मेद्वार नभएको कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयको तालिका अनुसार बुधबार दिउसो १ वजेभित्र उम्मेद्वारले मनोनयन पत्र दर्ता फिर्ता लिने समय थियो । आज बेलुका ७ वजेसम्म दल तथा स्वतन्त्रका उम्मेद्वारलाई चुनाव चिन्ह वितरण गरिने समय रहेको निर्वाचन अधिकृत महतले जानकारी दिए ।
Discussion about this post