झापा, २६ असोज । कनकाई नगरपालिका–३ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बुधबार बिहान ११ः३० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक मोरङ उर्लावारी–४ का ५३ बर्षीय नागेन्द्रप्रसाद कोइरालाको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
Discussion about this post