झापा, २८ असोज । आसन्न ४ मंसिरमा हुने चुनावका लागि सत्ता गठबन्धन दलले नेपाली कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेको संयोजकत्वमा जिल्लास्तरीय संयन्त्र गठन गरेको छ ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा शुक्रबार सम्पन्न गठबन्धनमा आबद्ध तीन दलको संयुक्त बैठकले कांग्रेसका कार्यबाहक सभापति केशवराज पाण्डेको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समन्वय संयन्त्र गठन गरेको हो ।
गठित समितिको सहसंयोजकमा नेकपा एकीकृत समाजवादीका बेदराज रेग्मी र माओवादी केन्द्रका संयोजक राजु आचार्य (अग्नी) सचिव रहेका छन् ।
समितिको सदस्यहरुमा कांग्रेसबाट शेरबहादुर भट्टराई र कृष्ण हुमागाई, माओवादी केन्द्रबाट मोहन टुडु र कुवेर श्रेष्ठ तथा नेकपा एसबाट सविना भण्डारी र विपी भट्टराई छन् ।
गठित समितिले जिल्लाका सबै प्रतिनिधि सभा र प्रदेश सभामा आइपर्ने समस्या र विविध विषयमा समन्वय र समस्या समाधानका लागि कार्य गर्नेछ ।
Discussion about this post