२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अलपत्र राईसिंह पुल बनाउनु मेरो पहिलो काम : अग्नी खरेल

अशोज २८, २०७९, ९:१० .शुक्रबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, २८ असोज । झापा–१ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नि खरेलले आफुले सबैभन्दा पहिला बाहुनडाँगीको अलपत्र राइसिंह पुल निर्माण गरेर बाहुनडाँगीबासीलाई विकासे युगको अनुभूति गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मेचीनगर वडा नं. २ र ४ लाई जोड्ने यो पुल शिलान्यास भएको करीव दुई दशक भइसकेको छ । तर, अहिलेसम्म अधुरै छ ।

विकासप्रेमी र इमान्दार नेताको छवि बनाएका नेकपा एमाले स्थायी कमिटीका सदस्य खरेल आज चुनावी भेलाको क्रममा बाहुनडाँगी पुगेका थिए । स्थानीयबासीले कांग्रेस र माओबादीका सांसद्लाई पटकपटक जिताएर पठाउँदा पनि राइसिंह पुल नबनेको गुनासो एमाले उम्मेद्वार खरेललाई सुनाएका थिए ।

स्थानीयबासीका अनुसार कांग्रेसबाट निर्वाचित तत्कालीन सांसद् एवम् मन्त्री नरेन्द्रविक्रम नेम्वाङले करीव डेढ दशक अघि उक्त पुलको पहिलोपटक शिलान्यास गरेका थिए । शिलान्यास भयो, काम चाहिँ अघि बढेन ।

त्यसपछि पालैपालो माओबादीबाट धर्म घिमिरे र एमालेबाट रबिन कोइराला संविधानसभा सदस्य निर्वाचित भए । संविधान लेखन र शान्ति प्रक्रियामा ध्यान दिनु परेकाले त्यसबेला पुलको कामले प्राथमिकता नपाएको उनीहरुको भनाई थियो ।

अर्को निर्वाचनमा नेकपा माओबादीबाट राम कार्की पार्थ सांसद् निर्वाचित भए । उनको पालामा राइसिंश पुलको दोस्रो शिलान्यास भएको स्थानीयले दावी गरेका छन् । दुबै शिलान्यासपछि केही फलामे छड र सिमेन्टका भुइँ पिलर गाँडिए पनि काम बढेन ।

अहिले खोलाको पारि र वारि कालोपत्रे सडक छ । तर खोलामा मोटरसाइलक तार्न गाह्रो छ । विद्यार्थीलाई स्कुल कलेज जान कठिनाई भइरहेको स्थानीयबासीले एमाले उम्मेद्वारसमक्ष दुखेसो सुनाए ।

कार्यकर्ता र स्थानीयबासीले बाहुनडाँगीको ठूलो आवश्यकताको रुपमा राईसिंह पुलको माग गरेपछि एमाले उम्मेद्वार खरेल निकै भावुक भए । उनले यति विकासको काम पनि हुन नसकेको भन्दै गहिरो चासो व्यक्त गरे ।

खरेलले आफ्नो मन्तब्यको क्रममा आफुले सबैभन्दा पहिला यही राईसिंह खोलामा पुल बनाएर बाहुनडाँगीबासीलाई विकासको अनुभूति गराउने प्रतिबद्धता व्यक्त गरे । उनले बाहुनडाँगीमा हात्तीको कारण उत्पन्न समस्याको समाधानको नेतृत्व अब आफले लिने र वडा नं. २ र ३ जोड्ने निन्दा खोलामा पक्की पुल बनाउने समेत बताए ।

पार्टीका वडा अध्यक्ष चन्द्रलाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश क मा एमालेका उम्मेद्वार एवम् संविधानसभा सदस्य रबिन कोइराला, चुनाव प्रचार प्रसार समितिका संयोजक विष्णु प्रसाई र निवत्र्तमान प्रदेश सांसद् श्रीप्रसाद मैनालीले मन्तब्य ब्यक्त गरेका थिए ।

मंसिर ४ गने हुने आम निर्वाचनको प्रचारप्रसारका लागि वडा नं. २ र ४ मा भएको आजको कार्यक्रममा व्यापक संख्यामा कार्यकर्ताको सहभागिता रहेको थियो ।

पछिल्लो समाचार

गठबन्धन संयन्त्रको जिल्ला संयोजकमा केशवराज पाण्डे

अघिल्लो समाचार

उपप्रमुख मीना उप्रेतीलाई डेङ्गु संक्रमण

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.