मेचीनगर, २८ असोज । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीलाई डेङ्गु संक्रमण पुष्टि भएको छ ।
उपप्रमुख उप्रेतीको स्वास्थ्यमा केही दिनदेखि समस्या देखिएपछि शुक्रबार रगत परीक्षण गर्दा डेङ्गु संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ ।
डेङ्गु संक्रमण भएपछि अहिले उपप्रमुखलाई चिकित्सकले आराम गर्न सुझाव दिएका छन् ।
चिकित्सकको सल्लाह बमोजिम अहिले उपप्रमुख निजी निवासमा औषधि सेवन गर्दै वेड रेष्टमा रहेको उनको स्वकिय सचिव लक्ष्मी उप्रतीले बताए ।
Discussion about this post