झापा, ६ कात्तिक । मेमोरी किङ्ग अर्पण शर्माले फेरि स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् ।
युवाहरु माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् ।
पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिदँै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
१ मिनटमा ८३ वस्तुहरुको नाम क्रमैसँग स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उनी आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरुलाई दिन्छन ।
शर्माले यसअघि सन २०१५ मा १ मिनटमा ४२ वस्तुहरुको नाम क्रमैसँग स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए ।
‘यो विश्व रेकर्डको प्रमाण पत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरुको भएको महसुस गर्दै आगामी दिनहरूमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउने बाचा गर्दछु’ उनले भने ।
Discussion about this post