झापा, १५ कात्तिक । दमक नगरपालिका–१० का १४ बर्षीय दियुश श्रेष्ठको हत्यामा संलग्न रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ का सरोज बस्नेत, सन्देश खवास, मन्जिल माझी, विकास तामाङ र उर्लाबारी–७ का सपन खत्री रहेका छन ।
उनीहरुले रिसिईवीको कारण श्रेष्ठलाई कात्तिक १३ गते आइतबार राती साढे १० बजे उर्लाबारी–७ स्थित मावा खोलामा लागेको छैठ पुजाको मेलामा चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट घाइते भएका श्रेष्ठको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
घटनामा संलग्न रहेका ५ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले चक्कु सहित नियन्त्रणमा लिएको छ ।
Discussion about this post