७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विपन्न–रोगी दशनामी बन्धुलाई आर्थिक सहयोग

कार्तिक १२, २०७९, १०:३४ .शनिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, ११ कात्तिक । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले अति विपन्न तथा रोगी दशनामी बन्धुलाई आर्थिक सहयोग गरेको छ ।

नगर समितिले बिर्तामोड–६ स्थित बुट्टाबारीका एकबर्ष अघिदेखि जिब्रोको समस्याका कारण थलिएका ७२ बर्षिय गंगाबहादुर गिरीलाई उनको घरमै पुगेर आर्थिक सहयोग गरेको हो ।

नगर समितिले देउसी भैलो अभियानकै क्रममा नगद ५ हजार एकसय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । नेपाल दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष तथा नगर सल्लाहकार चन्द्रप्रसाद गिरी, समाजका प्रदेश नं. १ सह–सचिव तथा नगर सल्लाहकार पदमबहादुर पुरी (प्रकाश), समाजका प्रदेश सदस्य, झापा कोषाध्यक्ष तथा सल्लाहकार बालकृष्ण गिरी, नगर अध्यक्ष अर्जुन गिरीले संयुक्त रुपमा नगद हस्तान्तरण गरेका हुन् ।

पुर्खौली थलो संखुवासभाको खाँदबारी रहेका गिरी बिर्तामोड–६ मा ससुरालीको जग्गामा घर बनाएर अधियाँ खेती गर्दै जिविकोपार्जन गर्दै आएका थिए । तर, एक बर्षअघि उनको जिब्रोमा समस्या आएर उपचार गरेपछि अहिले घर भित्र बस्न बाध्य बनेका छन् । उपचारका क्रममा उनको जिब्रो काटिएको र बोलेको बुझ्न नसकिने उनकी श्रीमती मनमाया गिरीले जानकारी दिइन् ।

‘एउटा छोरो थियो, छोराको बिबाह गरिदिएका थियौं’ उनकी श्रीमती मनमायाले भनिन् ‘तर, बुहारी अर्कैसँग हिडेपछि छोरो पनि गैर जिम्मेवार भएर हिड्यो, कहिलेकाही आउँछ, तर, हामीलाई हेर्दैन ।’ मनमायाले एउटा नाती भएर बुहारी हिडेपछि सानैदेखि आफैले हुर्काएको बताइन् ।

कतै एकचप्परी माटोसम्म नभएका गिरी दम्पत्ती अहिले बेसहारा बनेका छन् । श्रीमान गंगा बिरामी भएपछि नातीको सहयोगमा दुःख गरेर १५ कठ्ठा जग्गा अधियाँ खेती गरेको मनमायाले सुनाइन् । नाती अबोध गिरी बिर्तामोडको देवी माध्यमिक बिद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेका छन् । आर्थिक सहयोगकै क्रममा नगर समितिले नाती अबोधको अध्ययन सहजताका लागि सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिएको छ ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा नगरका बरिष्ठ उपाध्यक्ष नारायण गिरी, कोषाध्यक्ष खड्गराज गिरी, सदस्य रणबहादुर गिरी, खेमराज गिरी, धनबहादुर पुरी, घनश्याम गिरी लगायतको उपस्थिति रहेको नगर सचिव उद्धव पुरीले जानकारी दिए ।

पछिल्लो समाचार

भाइटीकाकै दिन सवारी दुर्घटनामा एकको मृत्यु

अघिल्लो समाचार

श्रेष्ठको हत्यामा संलग्न ५ पक्राउ

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.