२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

निर्वाचन आयोगले मिडियामाथि अंकुश लगायो : अध्यक्ष पोखरेल

कार्तिक २५, २०७९, २:५४ .शुक्रबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २५ कात्तिक । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अंकुश लगाउने काम गरेकोमा त्यसको विरोध गरेका छन् ।

सञ्चार माध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदा हुँदै निर्वाचन आयोगले सञ्चार माध्यममाथि अंकुश लगाउने काम गरेको भन्दै अध्यक्ष पोखरेलले त्यसको विरोध गरेका हुन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाको बार्षिक साधारण सभाको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष पोखरेलले सञ्चार माध्यमले निर्वाचन आचारसंहिता उल्लंघनका विषयलाई लिएर जथाभावी रुपमा निर्वाचन आयोगले पत्र काट्दै स्पष्टीकरण सोध्ने गरेको र त्यस्तो काम तत्काल बन्द गर्न माग गरेका छन् ।

प्रेस काउन्सिल बाहेक राज्यका कुनै पनि निकायले सञ्चार संस्था र सञ्चारकर्मी माथि समाचार लेखेकै विषयलाई लिएर स्पष्टीकरण सोध्ने अधिकार नभएको अध्यक्ष पोखरेलको दावी छ ।

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ १ नं. प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, केन्द्रीय सदस्य अमर खड्का, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रममा पत्रकार महासंघ झापाको झण्डा लिएर हिमलुङ हिमाल आरोहण गर्ने फोटो पत्रकार शरद जोशीलाई सम्मान गरिएको थियो ।

यसैबीच महासंघ झापा शाखाले प्रकाशन गरेको चौथो अंक नामक बुलेटिन विमोचन गरिएको थियो । वुलेटिनको विमोचन कार्यक्रमका प्रमुख अतिथि पोखरेल, विशेष अतिथि घिमिरे लगायतले संयुक्त रुपमा गरेका थिए ।

साधारण सभामा महासंघका केन्द्रीय सदस्य इकवाल अहमद, प्रदेश समिति कोषाध्यक्ष बुद्धि लामिछाने (विमल), अग्रज पत्रकार नकुल काजी, पूर्वअध्यक्षहरु गोविन्दचन्द क्षेत्री, केशव आचार्य, चिन्तामणि दाहाल, माधव विद्रोही, कृष्ण हुमागाई, भीम नेम्वाङ, तारामणि सापकोटा, रासस झापा प्रमुख विशेष अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेल, सशस्त्र प्रहरी बल नेपाल २ नं. गणका सशस्त्र डीएसपी नवराज बोहोरा, राष्ट्रिय अनुसन्धान झापाका उपअनुसन्धान निर्देशक तिलक प्रसाईं, नियोग झापाका अध्यक्ष डा.रुपक खनाल, अनारमनी पब्लिक क्याम्पसका अध्यक्ष राजकुमार पोखरेल, नेपाल–भारत मैत्री संघ बिर्तामोडका पूर्वअध्यक्ष मोहन ढकाल, युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेल, नेपाल अलैंची व्यवसायी संघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, मारवाडी सेवा समिति बिर्तामोडका सहसचिव दिपक मित्तल लगायतको आतिथ्य थियो ।

कार्यक्रममा महासंघ झापाका कोषाध्यक्ष रञ्जित प्रसाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव डिकेश लामा र सहसचिव राजु पाठकले संयुक्त रुपमा गरेका थिए ।

पछिल्लो समाचार

स्वतन्त्र उम्मेदवार कुमार भट्टराईको प्रतिवद्धता

अघिल्लो समाचार

शर्मा र सिटौलाले एक अर्कालाई भोट मागे

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.