झापा, २ मंसिर । नेपालले युएईलाई ६ विकेटले हराएर घरेलु मैदानमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई शृंखला जितेको छ ।
शुक्रबार अन्तिम खेलमा जितपछि नेपालले तीन खेलको शृंखला २–१ ले आफ्नो पक्षमा पारेको हो ।
घरेलु मैदानमा २ वटा ओडीआई शृंखला खेल्दा नेपालको यो पहिलो शृंखला जित हो । गत चैतमा कीर्तिपुरस्थित टीयू मैदानमा भएको पपुवा न्युगिनी विरुद्धको शृंखलाा भने नेपाल २–० ले पराजित भएको थियो ।
नेपालले ओडीआईको पहिलो शृंखला पनि युएई विरुद्ध नै जितेको थियो । सन् २०१९ मा युएईमा भएको शृंखला नेपालले २–१ ले जितेको थियो ।
गत वर्ष ओमानमा भएको पपुवा न्युगिनीविरुद्ध दुई खेलको ओडीआई शृंखला नेपालले २–० ले जितेको थियो । नेपालले शृंखलामा पहिलोखेल गुमाए पनि त्यसपछि लगातार दुई खेल जितेर पुनरागमन गर्दै सिरिज जितेको हो ।
पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेल ३ विकेटले जितेको थियो ।
तेस्रो खेलमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले शतकीय साझेदारी गर्दै नेपाललाई सहज जित दिलाए । आसिफले अविजित रहँदै ८८ रन र ज्ञानेन्द्रले ६४ रन बनाए ।
रोहित पौडेले यसै सिरिजबाट नेपालको कप्तानी यात्रा सुरु गरे । उनको पहिलो कप्तानी सिरिज नै नेपालले जितेको छ ।
कप्तान रोहितले कप्तानको रुपमा पहिलो सिरिज नै जित्दा आफू भाग्यमानी भएको बताए । यसै सिरिजबाट हरि शंकर शाहले ओडीआईमा डेब्यू गरे ।
(अनलाइन खवर)
Discussion about this post