मेचीनगर, ७ मंसिर । झापा–१ अन्तरगत प्रदेशसभा १ बाट सदस्यमा नेपाली कांग्रेसका गोपाल तामाङ निर्वाचित भएका छन् ।
बुधबार सकिएको मत गणनामा नेकपा एमालेबाट उम्मेदवार बनेका रविन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ सांसद बनेका हुन् ।
युवा नेता तामाङले २३ हजार ४५ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कोइरालाले १८ हजार ६५७ मत पाएका छन् ।
निर्वाचित भएको घोषणा हुन भने बाँकी छ । अहिले राति ७ वजे निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले घोषणा गर्नेछ ।
शर्मा २०७० सालमा रविन कोइराला र २०७४ सालको चुनावमा राम कार्कीसँग यही क्षेत्रबाट पराजित भएका थिए ।
Discussion about this post