मेचीनगर, २० मंसिर । धुलाबारीको इष्ट होराइजन माविका विद्यार्थीले आफुले तयार पारेका फुलका बिरुवाहरु बजारमा बिक्री गरेका छन् ।
विद्यार्थीहरुलाई सबै कुरामा दक्ष बनाउनलाई विभिन्न क्रियाकलाप गर्दै आएको मेचीनगर–१० स्थित इष्ट होराइजन माविका प्रिन्सिपल सञ्जीव राईले बताए ।
विद्यार्थीले अतिरिक्त क्रियाकलाप अन्तरगत फुलका विरुवाहरु आफैले उमारेर धुलाबारी बजारमा बिक्रीका लागि बेच्न ल्याएको उनले बताए ।
विद्यार्थी आफैले तयार पारेको बेच्न योग्य विरुवा बजारमा ल्याएर आफैले बजार भाउ निर्धारण गरी बेच्दा नानीहरुको व्यापारीक क्षमतामा वृद्धि हुने विद्यालयको भनाई छ ।
विगत केहि वर्षदेखि गाडेनिङ कक्षा सञ्चालन गर्दै आएको भएपनि बजारमा पहिलो पटक बिक्रीका लागि विरुवाहरु बेच्न ल्याएका हुन् ।
विद्यार्थीहरुले अहिलेदेखि नै विरुवाको स्याहार गर्न र वातावरण हरियाली बनाउने अभिप्रायले यस्ता क्रियाकलाप गर्दै आएको गाडेनिङ कक्षा सञ्चालन गर्दै आएकी शिक्षिका चित्रकला लेप्चा र मञ्जीला तामाङले बताइन् ।
विद्यार्थीहरुले विद्यालय परिसरभित्र बोटविरुवा रोप्ने, घर वरिपरि पनि बोटबिरुवा रोपेर हरियाली बनाउने र आम्दानी पनि गर्न सकिने कुरामा जोड दिएका छन् । बोटबिरुवाबाट पनि भविष्यमा राम्रो आम्दानी गर्न सकिने कक्षा–१० की छात्रा प्राश्ना मगरको भनाई छ ।
यस्तै होराइजन माविले विद्यार्थीलाई विभिन्न कुरामा दक्ष बनाउन विभिन्न सिप मुलक गतिविधि गर्दै आएको छ । जस अन्तरगत दुना टपरी बनाउन, सिलाइबुनाइ, बाती काट्न, पाक शिक्षा, प्लम्बीङ्, बिजुली बत्ती जडान कक्षा, हस्तकला, उद्घोषण जस्ता जीवन उपयोगी कक्षाहरु सञ्चालन गर्दै आएको छ ।
Discussion about this post