५ श्रावण २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रतिवद्धता र सार्वजनिक अपिल

लैङ्गिक हिंसा व्यवहारमै अन्त्य हुनुपर्नेमा जोड

मंसिर २१, २०७९, ८:४४ .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १८ मंसिर । ‘लैङ्गिक हिंसा ः न्यूनीकरणका उपाय र सरोकारवालाको भूमिका’ विषयक जिल्ला स्तरीय संवाद आइतबार बिर्तामोडमा सम्पन्न भएको छ ।

‘सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसाबिरुद्धको अभियान’ भन्ने नाराका साथ जारी १६ दिने अभियान अन्तर्गत संवाद समूह–महिला समूह झापा र न्याय तथा विकासका लागि सामाजिक सञ्जालको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्लाका सरोकारवालाको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा नारा र कागजमा होइन व्यवहारमा अन्त्य हुनुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालय झापाको तर्फबाट प्रहरी निरीक्षक यशोदा घले र झापा बार एसोसिएसनका तर्फबाट अधिवक्ता कविता बाँस्तोलाले लैङ्गिक हिंसाका तथ्यांकीय तथा कानूनी पक्ष बारेको छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

सहभागी सरोकारवालाले सबै लिङ्ग र उमेर समूहका व्यक्तिलाई हिंसा, यौन उत्पीडन र शोषणका साथै अन्य सबै प्रकारका दुव्र्यहारबाट स्वतन्त्र भएर बाँच्ने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए । समाजमा दिनप्रतिदिन बढ्दो लैङ्गिक हिंसा अन्त्यका लागि सबै सरोकारवालाको प्रभावकारी भूमिकामा जोड दिइएको छ ।

कार्यक्रमका सहभागी सरोकारवालाले लैङ्गिक हिंसा अन्त्यका लागि प्रतिबद्धतासहित नौ बुँदे सार्वजनिक अपिल जारी गरेका छन् । जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख जिल्ला अधिकारी, छविलाल रिजाल, प्रदेश १ की पूर्व राज्यमन्त्री जसमाया गजमेर, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक प्रदिपसिंह कार्की, सशस्त्र प्रहरी नायव उपरीक्षक संजीव पौडेल, बाह्रदशी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष रत्ना राजवंशी लगायतले लैङ्गिक हिंसा अन्त्यका लागि आफ्नो तहबाट जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले सरोकारावालाको सामुहिक नौ बुँदे अपिल पालना गर्न पनि आमनागरिकलाई आग्रह गरेका छन् ।

यस्तो छ ९ बुँदे अपिल
१) महिला, पुरुष र यौनिक तथा लैंङ्गिक अल्पसंख्यक कसैलाई कुनै पनि प्रकारको
दुव्र्यवहार, हिंसा गर्दिन÷गदैनौं । छोरा, छोरी र यौनिक तथा लैंङ्गिक अल्पसंख्यक
कसैलाई विभेद गर्ने छैन÷छैनौं ।
२) कुनै पनि प्रकारको दुव्र्यवहार, हिंसा सहेर कहिल्यै बस्दिन÷बस्दैनौं । लैङ्गिक हिंसाविरुद्ध सधैं आवाज उठाउने छु÷छौं ।
३) कहीं कतै हिंसा हुन लागेको र भइरहेको देखेमा तत्काल सम्बन्धित निकायमा खबर गर्नेछु÷गर्नेछौं ।
४) महिला, बालबालिका तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका, ज्येष्ठ नागरिकलाई सम्मानजनक व्यवहार गर्नेछौं । लिङ्ग, जात, धर्म, उमेर, भौगोलिक र जैविक बनावट जस्ता कुनै पनि आधारमा कसैलाई पनि विभेद गर्ने छैन ।
५) झापाका सबै स्थानीय तह समक्ष लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण गर्न तथा सो को प्रभावकारी कार्यान्वयनका लागि ध्यानाकर्षणसहित अपिल गर्दछौं ।
६) लैङ्गिक हिंसा न्यूनीकरण र हिंसामा परेकाहरुलाई सहयोगका लागि झापाका सबै स्थानीय तह समक्ष लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्न र सो को प्रभावकारी कार्यान्वयनका लागि ध्यानाकर्षणसहित अपिल गर्दछौं ।
७) झापाका हरेक स्थानीय तहलाई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण नियमित गर्न र त्यसलाई सार्वजनिक गर्न तथा परीक्षणका क्रममा देखिएका समस्या–चुनौति तत्काल समाधानका लागि कार्ययोजना सहित अग्रसर हुन अपिल गर्दछौं ।
८) झापाका हरेक स्थानीय तहलाई मनोसामाजिक परामर्श केन्द्र स्थापना र सबै
सरकारी तथा निजी कार्यालय र सार्वजनिक स्थानमा स्तनपान कक्षको व्यवस्था गर्न जोडदार अपिल गर्दछौ ।
९) लैंङ्गिक हिंसा विरुद्ध सचेतना र कानुनी उपचार तथा सामाजिक न्यायका लागि स्थानीय तहअन्तर्गत हरेक वडामा अभियान सञ्चालनको व्यवस्था गर्न अपिल गर्दछौं ।

प्रतिबद्धता तथा अपिलमा झापा बारकी उपाध्यक्ष कमला आचार्य, गैसस महासंघका जिल्ला अध्यक्ष हरि गौतम, मानवअधिकार एलायन्सका अध्यक्ष रुद्र सिटौला, नियोग झापाका अध्यक्ष डा. रुपक खनाल, मानवअधिकार तथा शान्ति समाजकी जिल्ला अध्यक्ष सुशिला रिजालले समेत हस्ताक्षर गरेका छन् ।

त्यस्तै सरोकारवालाकै तर्फबाट एबीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल, शक्ति समूहकी अध्यक्ष मिरा भट्टराई, महिला सुरक्षा दवाव समूहकी अध्यक्ष शारदा रिजाल, नेपाल उद्यमशील महिला संघकी पार्वता खरेल, छठ सेवा समितिकी उपाध्यक्ष संगीता रौनियार, नेपाल पत्रकार महासंघकी जिल्ला उपाध्यक्ष सुशिला संग्रौला, नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना रोदन, नारी सञ्चार गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहालले समेत प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन् ।

त्यस्तै नेपाल महिला संघकी सचिव उर्मिला पोखरेल, महिला अधिकारकर्मी पुष्पा लिम्बू, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका तर्फबाट लिड नेपालकी संयोजक चञ्चला सुब्बा, नेपाल आदिवासी सन्थाल महिला उत्थान संघकी सचिव शर्मिला सोरेन, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, झापा नेत्रहिन संघकी अध्यक्ष यशोदा बराल, इन्सेक प्रतिनिधि नरेश खाती, आदिवासी महिला नेतृ द्रौपदी गणेश, मेची–महाकाली बुहारी आवाजकी अध्यक्ष सीता खड्का गणेश, बीरता लेडी जेसीजको तर्फबाट निवर्तमान अध्यक्ष स्वस्तिका आचार्य, संवाद समूहका तर्फबाट लीला शिवाकोटी, न्याय तथा विकासका लागि सामाजिक सञ्जालको तर्फबाट संयोजक कुमार चुडालले समेत प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन् । कार्यक्रमको सञ्चालन संवाद समूहकी कमला भट्टराईले गरेकी थिइन् ।

चुडालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । यौनिक तथा लैंङ्गिक अल्पसंख्यकले भोगिरहेका विभेद र हिंसाबारे चञ्चला सुब्बाले सरोकारवालालाई ध्यानाकर्षण गराएकी थिइन् ।

पछिल्लो समाचार

भट्टराई दम्पत्तिले दिए पत्रकार उपचार कोषलाई १ लाख

अघिल्लो समाचार

एमालेबाट प्रदेश १ मा समानुपातिकका सांसद

Related Posts

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’
banner

पत्रकार काजीलाई ‘मार्सेली उपभोक्ता सेचतना पुरस्कार’

साउन ५, २०८२, १२:३३ .आइतवार
राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner -2

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.