२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘मिस तामाङ वर्ल्ड–२०२२’ को तयारी

पुस ११, २०७९, ३:२७ .सोमवार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, ११ पुस । ‘मिस तामाङ वर्ल्ड २०२२’ का लागि तयारी तिब्र पारिएको छ ।

मिस तामाङ फाउण्डेशनले आयोजना गर्दै आएको ‘मिस तामाङ वर्ल्ड’ को २०२२ संस्करणको तयारी तिब्र परिएको हो ।
फाउण्डेशनले आइतवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी ‘मिस तामाङ वर्ल्ड २०२२’ को तयारीका बारेमा जानकारी गराएको हो ।

फाउण्डेशनले ‘मिस तामाङ वर्ल्ड २०२२’ को ग्रान्ड फिनाले भारतको सिलीगुढीमा आगामी फेब्रअरी ११ तारिख गर्ने जनाएको छ ।
विश्वका कुनैपनि देशका तामाङ युवतीहरुले सहभागीता जनाउन सक्ने मिस तामाङ वर्ल्डमा नेपाल, भारत, अस्ट्रेलिया, अमेरिका र जापनमा बसोबास गरिरहेका तामाङ युवतीहरुले समेत सहभागीता जनाउने गरिको तयारी भईरहेको आयोजक संस्थाले जनाएको छ ।

मिस तामाङ वर्ल्डका लागि १६ बर्ष पूरा भएका, अविवाहित र कक्षा १२ पास गरेका युवतीहरु हुनुपर्नेछ । प्रतियोगितामा सहभागिताकालागि हाल फारम खुल्ला रहेको छ । आगामी पुष १५ सम्म अनलाईन मार्फत फारम भर्न सकिने आयोजकले बताएको छ ।
भारतको सिक्किम, सिलीगुडी र नेपालको काठमाडौंमा प्रत्यक्ष अडिशन हुने र अन्य स्थानमा भर्चुअल माध्यमबाट अडिशन गरिने फाउण्डेशन अध्यक्ष मिलन मोक्तानले जानकारी दिनुभयो । अडिशनबाट छनौट भएका प्रतियोगीहरुलाई नेपालमा बिभिन्न स्थानमा २० दिन र भारतमा १० दिन प्रशिक्षण दिइनेछ ।

‘मिस तामाङ वर्ल्ड २०२२’की विजेताले नगद १० लाख रुपैयाँसहित ताज र बिभिन्न पुरस्कार पाउने जनाइएको छ । अलग–अलग ७ वटा बिधामा छनौट हुने प्रतियोगिहरुलाई पनि पुरस्कार प्रदान गरिनेछ । यस पटक प्रतियोगितामा सहभागी जनाउन कुनैपनि किसिमको शुल्क नलाग्ने बताईएको छ ।

फाउण्डेशनका अध्यक्ष मिलन मोक्तानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेश नं. १ का सांसद गोपाल तामाङ, रोङ गाउँपालिकाका अध्यक्ष सुवास स्याङ्वो तामाङ, ‘मिस तामाङ वर्ल्ड २०२१’ (पहिलो सिजन)की बिजेता साङ डोमा तामाङ लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

भारत सिक्किमकी साङ डोमाले आफुले मिस तामाङ वर्ल्ड भएपछि आफ्नो धर्मसंस्कृति, भाषा, भेषभूषा, पहिचानका लागि ‘एक घर एक डम्फू’ अभियान सञ्चालन गरिरहेको बताउनुभयो । डम्फु र टुङनालाई विश्वभर चिनाउने उदेश्यले अभियानको शुरुवात गरेको उहाँको भनाई थियो ।

फाउण्डेशनका महासचिव केवल तामाङले स्वागत गरेको कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष सुरेन्द्र मोक्तान, फाउण्डेशनका कोषाध्यक्ष अदिप तामाङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तिलक योञ्जनले गर्नुभएको थियो । कार्यक्रममा सांसद तामाङ, रोङ गाउँपालिकाका अध्यक्ष स्याङ्वो र संगित साधक कृष्ण योञ्जनलाई बधाई तथा शुभकामना स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।

यसअघि भारतमा समेत पत्रकार सम्मेलनको आयोजना गरि फाउण्डेशनले प्रतियोगिताको जानकारी गराएको थियो ।

पछिल्लो समाचार

प्रदेश १ का सांसदले लिए पद तथा गोपनीयताको शपथ

अघिल्लो समाचार

पाथिभरा मन्दिरमा आजदेखि पुराण सुरु

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.