६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पाथिभरा मन्दिरमा आजदेखि पुराण सुरु

पुस ११, २०७९, ९:३२ .सोमवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुरेन्द्रनगर, ११ पुस । मेचीनगर–५ स्थित पाथिभरा मन्दिर समितिको आयोजनामा सोमबारदेखि श्रीमद् देवी भागवत् महापुराण नवाह ज्ञान महायज्ञ सुरु भएको छ ।

नवाह ज्ञान महायक्षको उद्घाटन मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बुढाथोकीले पुराणले समाजमा धार्मिक जागरण ल्याउने बताए ।

धार्मिक जागरणले मानिसलाई अनुशासित बनाउँछ । समाजमा एकता र सद्भाव कायम हुन्छ । प्रमुख अतिथि बुढाथोकीले भने, ‘आज देश र समाजमा बेथिति र अराजकता बढ्दैछ । मान्छेले मर्यादा अनुशासन भुल्दै गएको छ ।

त्यसलाई रोक्न पनि धार्मिक जागरका कार्यक्रम सञ्चालन गर्नु पर्छ ।’ संस्कारयुक्त समाज निर्माण भए समाज र देशले चाँडै समृद्वि हासिल गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा धार्मिक व्याक्तित्व व्यासाचार्य पं। सोमनाथ सुवेदीले धर्मले समाजलाई सहीबाटोमा डोर्याउने भएकोले समाज रुपान्तरणमा ठूलो सहयोग पुग्ने बताए ।

कार्यक्रममा विशेष अतिथि मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, समाजसेवी तारानाथ गिरी लगायतको आतिथ्यता रहेको थियो । अन्जना भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन अमर सुब्बाले गरेका थिए ।

औपचारिक कार्यक्रम पूर्व बिहान ११ बजे बिभिन्न झाँकी सहित कलश यात्रा निकालिएको थियो । पुराण स्थलबाट सुरु भएको शोभायात्रा माङ्हिम घैलाडुब्बा मन्दिर, मेचीनगर–८ को दुर्गा मन्दिर हुँदै पुराण स्थल पुगेको थियो ।

आयोजक समितिले पुराण सफलपार्न २१ सदस्यीय पुराण आयोजक मूल समिति तथा बिभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारलाई तीब्र पारेको थियो ।

समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट पाथीभरा माताको जिर्ण मन्दिर पुनः निर्माण गर्ने पवित्र उद्देश्यका साथ पुराण आयोजना गरिएको मन्दिर तथा पुराण आयोजक मूल समितिका अध्यक्ष ज्योती प्रकाश पाठकले बताए ।

स्थानीय समाजसेवी लक्ष्मी प्रसाद श्रेष्ठले केही वर्ष अघि व्याक्तिगत रुपमै सानो मन्दिर निर्माण गरेर पूजा आरधना गर्दै आएका थिए । उक्त मन्दिर एक वर्ष अघि उनले समुदायलाई हस्तान्तरण गरेका थिए ।

मन्दिर समूदायमा आएपछि हामीले विधान बनाएर मन्दिर दर्ता गरिउँ मन्दिर समितिका अध्यक्ष पाठकले भने , ‘सबै क्षेत्रको सहयोग प्राप्त हुने विश्वास छ । पुराणबाट संकलित रकमले मन्दिर पुनःनिर्माण गर्छौ ।’

समाजसेवी लक्ष्मी प्रसादले मन्दिरको लागि करिव १० धुर जमिन निशुल्क प्रदान गरेको समितिले जनाएको छ । व्यासाचार्य पं। सुवेदीले ९ दिनसम्म संगीतमय कथा वाचन गर्ने भएका छन् भने पं.कमल भट्टराई उपवाचक छन् ।

पछिल्लो समाचार

‘मिस तामाङ वर्ल्ड–२०२२’ को तयारी

अघिल्लो समाचार

गोकुल मार्ग कालोपत्रको तयारी

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.