मेचीनगर, १२ पुस । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र पर्ने गोकुल मार्ग कालोपत्र गर्न सरोकारवालाहरूसँग छलफल थालेको छ ।
मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नो कार्यकक्षमा बोलाएर सरोकारवाला स्थानीय, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, प्राविधिक, सडक बनाउने जिम्मा पाएको ठेकेदारलाई एकै ठाँउमा बोलाएर सडक कालोपत्र बनाउने सम्बन्धमा छलफल चलाएको हो ।
छलफलमा नगर प्रमुख बुढाथोकीसहित निवर्तमान प्रदेश सांसद श्रीप्रसाद मैनाली, निवर्तमान नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर–१ का राजेन्द्र राई, २ का दिपक बराल र १५ नम्बरका वडाध्यक्ष गुणराज भट्टराई, सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेल, ठेकेदार लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
गोकुलमार्ग अन्तरगत मेचीनगर–१५ स्थित फडानी वस्तीदेखि बौद्धमोड हुँदै मेचीनगर–१ नम्बर क्षेत्रसम्म कालोपत्रको तयारी गरिएको छ ।
Discussion about this post