२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पूर्वराजा ज्ञानेन्द्रसँग लिङ्देनको भेट

पुस १४, २०७९, ५:४१ .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, १३ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको राप्रपा सरकारमा सहभागी भएको छैन ।

अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने वा नजानेबारे निर्णय गर्न बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । बैठकको अघिल्लो दिन लिङ्देनले सुटुक्क बाराको सिमरा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् ।

लिङ्देनले ज्ञानेन्द्रसँग भएको भेट बाहिर ल्याउन चाहेका थिएनन् । तर पार्टीकै बैठकमा नेताहरुले प्रश्न उठाएका छन्, ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग के कुरा गर्नुभयो ?’

स्रोतका अनुसार झण्डै ६ घण्टासम्म चलेको बैठकमा नेताहरुले अध्यक्ष लिङ्देनलाई सरकारलाई दिएको समर्थनको अवस्था ३० दिनभित्र के हुन्छ ? र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले फेसबुकमा लेखेको कुरा के हो ? भनेर प्रश्न गरेका छन् ।

उच्च स्रोतका अनुसार सिमरामा ज्ञानेन्द्र र लिङ्देनबीच लामो कुराकानी भएको थियो । त्यसमा भर्खरैको राजनीतिक विकासक्रम, प्रचण्डको सत्तारोहणमा राप्रपाको समर्थन लगायत विषयमा कुराकानी भएको थियो ।

सशस्त्र विद्रोहबाट आएको माओवादी नेतृत्वको सरकारलाई राप्रपाले यसअघि समर्थन गरेको थिएन । यो पटक प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीसँगै राप्रपा निर्णायक बन्यो । प्रचण्डले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी गर्ने क्रममा नै राप्रपाले समर्थन गरेको थियो ।

प्रचण्ड सरकारलाई कसरी हेर्ने भन्नेबारे राप्रपामा दोधार देखिन्छ । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रचण्डलाई आतंकवादका मतियार भन्दै विरोध गर्दै आएका छन् । अहिले पनि उनले प्रचण्डबारे आफ्नो दृष्टिकोण कायमै रहेको र उनले नेतृत्व गरेको सरकारमा गएर बढ्दो जनउभार घटाउन नहुने बताएका छन् ।

मिश्रले मंगलबार फेसबुकमा सरकारमा जान पुस २७ लाई राष्ट्रिय एकता दिवस घोषणा गर्नुपर्नेसहितका ३ वटा शर्त राख्नुपर्ने धारणा सार्वजनिक गरेका थिए ।

बुधबार कार्यसम्पादन समितिका बहुसंख्यक सदस्यले भने सरकारमा जानुपर्ने बताएका छन् । महामन्त्री भुवन पाठकले त अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जानुपर्ने बताएको एक सहभागीले सुनाए ।

पार्टी सरकारमा जाने संकेत देखिएपछि मिश्रले न्यूनतम साझा कार्यक्रम बनाउँदा राप्रपाका एजेण्डा समावेश गर्नैपर्ने बताए । ‘अहिले सरकारमा जाँदा डेलिभरी गर्न गाह्रो हुनसक्छ, त्यसले जनमत भड्किन पनि सक्छ,’ मिश्रको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो ।

मिश्रले आफ्नो विचारले अध्यक्षलाई अझै प्रष्ट हुन सहयोग नै हुने तर्क गरेपछि लिङ्देनले जवाफ दिएका थिए । उनले सरकारमा सहभागिताको विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्न चाहेनन् ।

‘अहिले नै सरकारको बारेमा टिप्पणी गर्न हतार हुन्छ, भर्खरै त समर्थन दिइएको छ’, बैठकपछि राप्रपाका एक नेताले लिङ्देनको भनाई उद्धृत गर्दै भने, ‘पहिले प्रचण्डले कसरी काम गर्नुहुन्छ, त्यसमा एमाले र अरु पार्टीहरुको दृष्टिकोण कस्तो हुन्छ भन्ने पनि हेर्दै जाऔं न । किन हतार गर्नु ।’

बैठकले राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकासका एजेन्डा र सेवा प्रवाहलाई एजेण्डा बनाउने र त्यसलाई सरकारको न्यूनमत साझा कार्यक्रममा समावेश गरे सरकारमा जाने निर्णय गरेको छ । उपाध्यक्ष बुद्धिमान तामाङ भन्छन्, ‘न्यूनमत साझा कार्यक्रममा सहमति भयो भने सरकारमा जान्छौं ।’

यसको अर्थ सरकारमा जाने औपचारिक निर्णय नगरे पनि राप्रपाले सरकारमा जाने सम्भावना कायमै राखेको छ ।

अध्यक्ष लिङ्देनले पनि प्रचण्डले विश्वासको मत लिँदा संसदमा त्यसको पक्षमा मतदान गर्ने बताए । ‘अहिले समर्थन गरेर ३० दिनमै विरोध गर्दा नैतिक रुपमा पनि सही हुँदैन’, उनले भने, ‘त्यस्तो केही अनपेक्षित नै भएछ भने बेग्लै कुरा ।’

मंगलबार पूर्वराजा ज्ञानेन्द्र शाहसँग भएको भेटबारे सोधिएको प्रश्नमा उनले भने, ‘म यत्तिकै व्यक्तिगत हिसाबले घुम्दै त्यहाँ पुगेको थिएँ, त्यस्तो केही कुरा भएको होइन । उहाँसँग अस्ती झापामै भेट भइसकेको थियो । थप केही छैन ।’

(अनलाइन खवर)

पछिल्लो समाचार

होटल व्यवसायी संघको भवन शिलान्यास

अघिल्लो समाचार

नेपाल मगर संघ झापा अध्यक्षमा विकास

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.