२ मंसिर २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बाहुनडाँगीमा औषधिजन्य वनस्पती खेती सुरु

पुस १७, २०७९, ११:२२ .आइतवार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, १७ पुस । हात्तीबाट पीडित बाहुनडाँगीका किसानले वैकल्पिक खेतीका रुपमा औषधिजन्य वनस्पती खेती विस्तार गर्न थालेका छन् ।

मेचीनगर–४ को बाहुनडाँगी स्थित भारतसँग सीमा जोडिएको मेची खोला वगर छेउमा करिव ३० विगाहा जग्गामा स्थानीय किसानहरुले वैकल्पिक खेतीका रुपमा जडिबुटि खेती सुरु गरेका हुन् ।

सो खेतीको अगुवाई महेन्द्रद्वार सहकारी संस्थाद्वारा सञ्चालित सनराइज हर्वल उद्योगले गरेको छ । हर्वल उद्योगको ४० लाख रुपैयाँ लगानीमा स्थानीय ३३ जना किसानले आफ्नो ३० विगाह जग्गामा वहुउपयोगी औषधिका रुपमा रहेको वनस्पती लेमनग्रास र सिट्रोलेनाको खेती सुरु गरेका छन् ।

चितवनबाट ४ लाख लेमनग्रास र सिट्रोलेनाका विरुवा ल्याइएको संस्थाका सञ्चालक समिति सदस्य कुन्दन निरौलाले बताए । यसलाई विस्तार गरेर निकट भविश्यमा मेचीनगर–१, ४ र ६ का करिव १०० विगाह जग्गामा खेती गरिने संस्थाको योजना छ ।

‘रोपेको तीन महिनामा यसले उत्पादन दिन थाल्ने छ’, निरौलाले भने–‘जेठदेखि भदौ महिना सम्ममा तयार हुन्छ । १ विगाहा खेतीमा ६ टनजति तेलका लागि औषधिजन्य घास उत्पादन हुनेछ । किसानबाट प्रतिकेजी ८ रुपैयाँले खरिद गरिने छ ।’

एकपटक रोपेपछि ७ वर्षसम्म यसले उत्पादन दिइरहने संस्थाको भनाई छ । संस्थाले किसानबाट खरिद गरेको उत्पादनलाई उद्योगमा प्रोसेसिङ गरेर तयार गरिएको कच्चा पदार्थ (तेल) लाई काठमाडौँमा बिक्री गरिने निरौलाले जानकारी दिए । सो तेल प्रतिलिटर १८ सयले बिक्री गरिने उनको दावी छ ।

सो तेलबाट सन्चो, ओखती लगायतका औषधिजन्य वस्तुहरु बन्ने बताइएको छ । संस्थाले आइतबार किसानहरुलाई भेला गरेर त्यस सम्बन्धी अन्तरक्रिया गरेको छ । हात्तीबाट पीडित किसानहरुले आफ्नो जग्गामा थोरैभए पनि धान खेती गरिरहेका थिए । आफ्नो जग्गामा वैकल्पिक खेतीका रुपमा जडिबुटि खेती सुरु गरेका छन् । आम्दानी हुने हो की होइन भनेर चिन्ता लिएका थिए ।

किसानहरुलाई जडिबुटि खेती गर्न प्रोत्साहित गरेका संस्थाका अध्यक्ष राजु दाहाल, समिति सदस्य निरौलाले धान खेती भन्दा बढी आम्दानी हुने दावी गरेका छन् । संस्थाले किसानहरुको आम्दानीको ग्यारेन्टी गरिदिने समेत बताएका छन् ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख दिपेन्द्र कार्की, समाजसेवीहरु सनतकुमार अधिकारी, हरि उप्रेती, महेन्द्र मल्ल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

औषधिजन्य वनस्पती खेती विस्तार सम्बन्धीका विज्ञ दिपक नेपालले किसानहरुलाई प्रशिक्षण समेत दिएका थिए ।

महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहालको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको स्वागत समितिका सदस्य कुन्दन निरौला र सञ्चालन सदस्य प्रकाश ढुंगानाले गरेका थिए ।

पछिल्लो समाचार

बाहुनडाँगीमा कृतिम हात–खुट्टा वितरण गर्ने तयारी

अघिल्लो समाचार

होराइजनलाई लोकनृत्य प्रतियोगिताको उपाधि

Related Posts

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान
banner -1

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान

कार्तिक २९, २०८२, ४:३४ .शनिबार
ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित
banner -2

ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित

कार्तिक २९, २०८२, १:५८ .शनिबार
एमालेले देखायाे देशभरी शक्ति
banner

एमालेले देखायाे देशभरी शक्ति

कार्तिक २९, २०८२, १२:०८ .शनिबार
ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.