६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेयरले भने–‘कर्मचारी नसुद्रिए कारवाही गर्छु’

पुस २२, २०७९, ८:२४ .शुक्रबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ पुस । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार संस्थाको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले आम मेचीनगर वासीलाई स्वच्छ र शुद्व खानेपानी पुर्याउन अभियानमा मेचीनगरपालिका खानेपानी उपभोक्ता समितिसँग हातेमालो गर्दै अघि बढीरहेको बताए ।

मेचीनगरमा रहेका तीन ठूला खानेपानी उपभोक्ता समितिले तीव्र गतिमा काम गरिरहेका छन् तर पनि अझै त्यो पर्याप्त हुन सकेको छैन । बुढाथोकीले भने,‘ हामी जनतालाई शुद्व खानेपानी खुवाउने अभियानमा खानेपानी संस्थासँग सहकार्य गरेर अघि बढ्ने छौं । पानीको संकट समाधान गर्छौ ।’

उनले मेचीनगरको तेलपानी, बाहुनडाँगी, ज्यामिरगढी क्षेत्रमा अझैपनि पानीको ठूलो समस्या रहेको बताए । ग्रामिण क्षेत्रका जनताले शुद्विकरण नगरी खोलाबाट ल्याएको पानी पिउनु पर्ने बाध्यता अझै विद्यमान छ । बुढाथोकीले भने,‘नगरका ठूला तीनवटा खानेपानीले सहकार्य गरेर नगरवासीलाई खानेपानीको संकटबाट मुक्त गर्नु पर्छ ।’

जनतालाई केही वर्षभित्र शुद्व खानेपानी खुवाउने प्रतिवद्वता गरेका मेयर बुढाथोकीले मेचीनगरमा कर्मचारीतन्त्र हावी भएको बताउँदै निर्वाचित भएको ७ महिना वितिसक्दा पनि जनताको काम गर्न नसकेको स्वीकार गरे ।

जनप्रतिनिधिलाई कर्मचारीले टेर्दैनन्, केही जब्बर कर्मचारीका कारण जनप्रतिनिधि आलोचित बन्नु परेको छ । उनले भने,‘पटक पटक कर्मचारीलाई सम्झाइसकेँ अव मेरो धर्यताको बाँध टुट्यो ।’ आक्रोशित मुडमा देखिएका मेयर बुढाथोकीले कर्मचारी नसुद्रिए कारवाही गर्ने चेतावनी दिए ।

कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सिनियर इञ्जिनियर सुजित महतोले मेचीनगरका जनतालाई शुद्व खानेपानी पुर्याउन अभियानमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्वता व्यक्त गरे ।

काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष पराजुलीले खानेपानी क्षेत्रमा गरिएका महत्वपूर्ण कामको प्रगति विवरण सहितको अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०५० सालमा काँकरभिट्टा बजार क्षेत्रमा ७०० घर धुरीलाई पानी वितरण गर्न २ लाख २५ हजार घन लिटरको टेंकीसहित सुरु भएको खानेपानी आयोजनालाई विस्तार गर्दै ७ हजार घर धुरीमा पुर्याएको र आगामी दिनमा त्यसलाई थप विस्तार गरिने अध्यक्ष पराजुलीले बताए । उनले सहलगानी खानेपानी तथा सरसफाइ आयोजना मार्फत भए गरिएका प्रगति प्रतिवेदनमा उल्लेख गरेका छन् ।

हाल मेचीनगर–२, ३, ४, ५, ६,७ र ८ नम्बर वडामा जनतालाई शुद्व खानेपानी पुर्याउन सफल भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रमको अवसरमा खानेपानीले अवकास प्राप्त कर्मचारी नरबहादुर खड्का, वर्ष उत्कृष्ट ग्राहक टिकाराम कट्टेल, टिका थापा र सानुमाया चम्लागाईँलाई सम्मान गरेको छ । खानेपानीले नियमित शुल्क बुझाउने ३७ सय ५३ ग्राहक मध्येबाट गोलाप्रथा गरी तीन जना ग्राहकलाई सम्मान गरेको हो ।

वर्ष उत्कृट कर्मचारी सम्मान यामप्रसाद पोखरेलले प्राप्त गरेका छन् । समितिले उनलाई नगद ७ हजार र सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

कार्यक्रममा संस्थाका सल्लाकार संयोजक हर्कबहादुर लिम्बू, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया, जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष ओमप्रकाश खापुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति भीम कुवँर, मेचीनगर–३ का वडाध्यक्ष हर्कबहादुर बस्नेत, मेचीनगर–८ का वडाध्यक्ष गिरीराज धमला लगायतको आतिथ्यता रहेको थियो ।

उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दिलिप सुब्बाले गरेका थिए ।

 

पछिल्लो समाचार

होटल व्यवसायी महासंघ : केन्द्रीय सचिवमा पुनः अधिकारी, सदस्यमा श्रेष्ठ

अघिल्लो समाचार

चौतारीकी केन्द्रीय सदस्य शिवाकोटीलाई पितृशोक

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.