२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

को हो त्यो ‘जब्बर’, जसले मेयरलाई टेर्दैन ?

पुस २३, २०७९, २:३८ .शनिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ पुस । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी शुक्रवार आक्रोशित शब्द र मुद्रामा आफ्नै कर्मचारीमाथि खनिएका छन् ।

काँकरभिट्टा खानेपानी उपभोक्ता समितिको साधारणसभामा प्रमुख अतिथिको रुपमा बोल्दै उनले आफ्ना कर्मचारीका बारेमा दिएको अभिब्यक्ति सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल बनिरहेको छ ।

‘यस्तो जब्बर प्रशासन, यस्तो मनपरी गर्न पाउनुपर्छ भन्ने मान्यता बोकेको प्रशासनतन्त्र, को को छन्, हामी छानविन गर्दैछौं,’ मेयर बुढाथोकीले कडा शब्दमा भने–‘जनताको बीचमा आज पहिलोपल्ट कर्मचारीहरुबाट भएका ज्यादतिका बारेमा आजबाट मैले मुख खोलेको छु ।’

‘मनपरी गर्न पाउनुपर्छ भन्ने मानसिकता बोकेका’ उनकै भाषामा ‘जब्बर’ केही कर्मचारीले मेचीनगर नगरपालिकालाई बन्धक बनाएको आरोप लगाए ।

‘केही जब्बर कर्मचारीहरुको कारणबाट, जो हाम्रो नियन्त्रणमा छैनन् । जसलाई हामीले कारवाही पनि सक्दैनौं । कानूनले हामीलाई कारवाही गर्न पनि दिदैन,’ उनले निकै आक्रोशित हुँदै भने–‘त्यस्तो प्रवृत्ति बोकेका कर्मचारीहरुबाट मेचीनगर नगरपालिका बन्धक बनाउन आँटिएको स्थिति छ । यस्तो स्थितिको अन्त्य गरिने कुरा यहाँहरुका बीचमा प्रष्ट पार्न चाहन्छु ।’

मेयर आफैमा शक्तिशाली र अधिकारसम्पन्न संबैधानिक पद हो । जसलाई धेरै कार्यकारी अधिकार प्राप्त छ । त्यसमाथि मेचीनगरमा उनले प्रतिनिधित्व गर्ने राजनीतिक दल नेकपा एमालेको दुईतिहाई बहुमत छ कार्यपालिका र परिषद्मा ।

निर्वाचित भएर आएको सात महिनामा नगरपालिकाले कुनै उल्लेख्य काम गरेर देखाउन नसकेको आरोप जनस्तरबाट खेपिरहेका मेयरको आक्रोश कर्मचारीमाथि परेको छ ।

उनले आन्तरिक भेटघाटमा कर्मचारीहरुबाट असहयोग भइरहेको बताउने गरेका छन् । कतिपय अवस्थामा कर्मचारीको नामै किट्ने गर्नुभएको छ । तर, सार्वजनिक कार्यक्रममा भने उनले पहिलोपल्ट नै मुख खोल्नु भएको हो ।

काँकरभिट्टा खानेपानीको कार्यक्रममा उनले दिएको अभिब्यक्तिबाट उहाँको पार्टी नेकपा एमाले मात्र नभएर विपक्षी नेपाली कांग्रेस र कर्मचारी फाँटमा समेत खैलाबैला मच्चिएको छ ।

‘मेयर आफ्ना कर्मचारी यस्ता र उस्ता भनेर सार्वजनिक कार्यक्रममा प्रस्तुत हुँदा शोभनीय भएन कि भन्ने लागेको छ,’ मेचीगरको विपक्षी दलका एक नगर नेताले मेचीनगर अनलाइनसँग भने–‘काठमाडौंका बालेन साह र धरानका हर्क साम्पाङलाई काममा बाधा नहुने तर मेचीनगरमा दुईतिहाई बहुमत भएको पार्टीबाट बनेका मेयरलाई कर्मचारीले कसरी बाधा गर्न सक्छ ?’

कुन कर्मचारीले कसरी र कहाँ कहाँ काम गर्न दिएका छैनन्, त्यसको विवरण भने मेयर बुढाथोकीले सार्वजनिक गर्न नसकेको ती नेता बताउँछन् ।

मेचीनगरमा बुढाथोकी मेयर भएर आउँदा सुरेश दाहाल प्रमुख प्रशासकीय अधिकृत थिए । दाहाल लामो समय टिकेनन् । उनी गएपछि नगरमा लामो अवधि कर्मचारी प्रशासन नेतृत्वविहीन रह्यो । त्यसपछि भएको आम चुनावको मुखमा आउनुभयो राजकपुर चौलागाई ।

स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत चौलागाईसँग पनि मेयर असन्तुष्ठ छन् । ‘नेपाली कांग्रेसको बहकाउमा लागेर’ नेकपा एमालेको नेतृत्व रहेको नगरपालिकालाई निकम्पा बनाउन चौलागाई लागेको मेयर बुढाथोकीले गुनासो गर्दै आएका छन् ।

नगरपालिकामा सामाजिक विकास शाखाका प्रमुख अनन्तप्रकाश वस्ती, लेखा शाखा प्रमुख पदमबहादुर कार्की र प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईबीच काममा तालमेल नरहेको नगरभित्रका कर्मचारीहरु गाईगुइँ बताउने गर्छन् ।

मेयर बुढाथोकीले नगरका शाखा प्रमुखहरुबीच तालमेल मिलाउन र नगरको कामकाज र विकास निर्माणलाई तीब्र गति प्रदान गर्नका लागि विभिन्न चरणको आन्तरिक छलफल र प्रयासहरु गरेको बताइन्छ । तर, एउटाले सुरु गरेको काम अर्काले अड्काइदिने प्रवृत्ति बढेको र खासगरी प्रमुख प्रशासकीय अधिकृत चौलागाई र लेखा शाखा प्रमुख कार्कीले आवश्यक निर्देशन अटेर गरेको मेयर बुढाथोकीले आन्तरिक भेटघाटहरुमा दावी गर्दै आएका छन् ।

मेयरले ‘जब्बर’ भनेर आरोपित गरेका कर्मचारी उनै लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृत हुन् कि अरु नै ? यसको भने टुंगो लागिसकेको छैन । मेयर बुढाथोकीले छानविन गरेर आवश्यक कारवाही गर्ने चेतावनी सार्वजनिक रुपमै दिइसकेको हुँदा आउँदा दिनमा नगरपालिकामा उहाँले भनेजस्तै सुधार आउँछ कि कारवाहीको डण्डा चलाइने हो ? त्यो अब हेर्न बाँकी छ ।

पछिल्लो समाचार

२८ करोडमा बनेको होल्डिङ सेन्टर प्रयोगविहीन

अघिल्लो समाचार

पत्रकारिता सम्बन्धी प्रशिक्षण

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.