झापा, ७ माघ । उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद् इन्दिरा रानामगर निर्वाचित भएकी छन् ।
शनिबार संसद्ले उनलाई सो पदमा निर्वाचित गरेको हो ।
उनले १६६ मत पाएकी छन् भने उनकी प्रतिस्पर्धि नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले ९७ मत मात्र प्राप्त गरेकी छन् । २७५ जना सांसदमा २६४ जना मात्र सहभागी थिए ।
झापाको अर्जुनधारा वडा नं. ११ निवासी उनी ७ महिनाअघि मात्र रास्वपा मार्फत राजनीतिमा प्रवेश गरेकी थिइन् ।
विगत २२ वर्ष अघिदेखि बन्दी सहायता नेपालमार्फत उनले कैदीबन्दीका छोराछोरीको लालनपालन गर्दै आएकी छन् ।
Discussion about this post