झापा, ७ माघ । सबैका आँखा रसाएका छन् । शनिबार बिर्तामोड स्तब्ध छ ।
कम्बोडियाको आगलागीमा ज्यान गुमाएका बिर्तामोड–१ का निराकार पाण्डेको आज शव आइपुगेको छ ।
युवा व्यवसायी निराकार बिर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुन् ।
गत पुस १४ गते निराकारको मृत्यु भएको थियो । विदेशबाट विभिन्न प्रक्रिया पुर्याएर शब ल्याउन ढिला भएको हो ।
निराकारको शब ल्याउन नेपाल सरकारले सहयोग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निराकारको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शब ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए ।
बिर्तामोड स्थित निवासमा शब आउने खबर थाहा पाएर पाण्डे निवासमा विहानैदेखि हजारौं शुभचिन्तक भेला भएका थिए । दिउसो १ वजे घरमा शव आइपुगेको थियो । २ वजे कनकाई स्थित माईखोलामा दाहसंस्कार गरिएको थियो ।
शुक्रवार साँझ पाण्डेको शव कम्बोडियाबाट नेपाल ल्याइएको थियो ।
Discussion about this post