झापा, १० माघ । सात महिना अघि एउटै रुखमा तीन किशोरीले आत्महत्या गरेको कचनकबलमा फेरि त्यस्तै घटना दोहोरिएको छ ।
कचनकवल गाउँपालिका–४ मा मंगलबार विहान एउटै रुखमा एउटै डोरीले झुण्डिएको अवस्थामा एक किशोर र एक किशोरीको शव फेला परेको छ ।
एभरेस्ट चिया बगानभित्र रुखमा २ जनाको शव भेटिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
मृतक कचनकबल वडा नं. ४ का २५ बर्षीय राजेशकुमार गणेश र १८ बर्षीया पवित्रा राजवंशी रहेको उनले बताए ।
सात महिना अघि कचनकबल वडा नं. ५ को चिया बगानभित्रकै अर्को एउटै रुखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव भेटिएको थियो ।
Discussion about this post