झापा, ११ माघ । गरिखाने अवस्था नभएको भन्दै संघीय संसद् भवनअगाडि मंगलबार आत्मदाहको प्रयास गर्दा घाइते भएका इलामका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा उनको बुधवार विहान मृत्यु भएको छ ।
सूर्योदय वडा नं. ११ निवासी ३७ वर्षीय आचार्यलाई संसद भवन अगाडिबाट प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो ।
आचार्यको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको अवस्था थियो ।
Discussion about this post