झापा, ११ माघ । सरकारले क्रसर उद्योगहरु खोल्न दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले गत पुस २० गते सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसर उद्योगहरु बन्द गर्न निर्देशन दिएको थियो ।
मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएको हो ।
गृहमन्त्री रवि लामिछानेका प्रेस संयोजक नवराज पाण्डेका अनुसार असारसम्ममा पनि मापदण्ड पुरा नभएका उद्योग पुनः बन्द गरिनेछ ।
विना अनुमतिपत्र चलिरहेका सबै क्रसर उद्योग बन्द रहने उनले बताए । आयोजना विशेषका लागि खोलेका तर, आयोजना सम्पन्न भएपछि पनि चलिरहेका क्रसर उद्योगहरु अब बन्द हुनेछन् ।
क्रसर उद्योग बन्द भएपछि आयोजनाहरुमा काम प्रभावित भएको थियो । निर्माण व्यवसायीले काम छाडेपछि सरकारमाथि क्रसर उद्योग खोल्न दवाब परेको थियो ।
Discussion about this post