मेचीनगर, १८ माघ । पाँचपोखरी सामुदायिक बनको अध्यक्षमा चेतन आचार्य पुनः निर्वाचित भएका छन् ।
मंगलवार सम्पन्न बनको निर्वाचनबाट अध्यक्षमा आचार्य निर्वाचित भएका हुन् ।
उनले आफ्ना प्रतिस्पर्धी विष्णुप्रसाद न्यौपानेलाई १७९ मत अन्तरलेपछि पार्दै अध्यक्षमा निर्वाचित भए ।
आचार्यले ३६४ मत प्राप्त गर्दा न्यौपानेले १८५ मत मात्र प्राप्त गरे । सामाजिक रुपमा क्रियाशिल न्यौपाने यसअघि पनि उनै आचार्यसँग अध्यक्षमा पराजित भएका थिए ।
सामुदायिक वनको क्षेत्रमा निरन्तर क्रियाशिल रहेका आचार्य यस क्षेत्रका युवाहरु माझ लोकप्रिय छन् ।
यस्तै बनको उपाध्यक्ष पदमा श्याम धिमाल निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी झोमनाथ दाहाललाई हराउँदै उपाध्यक्षमा निर्वाचित भएका हुन् । धिमालले ३३१ मत ल्याउदा दाहालले १७४ मत मात्र प्राप्त गरेका थिए ।
सचिवमा बविता चौधरी निर्वाचित भइन् । उनले शोभा धिमाल र पुष्प कार्कीलाईपछि पार्दै सचिवमा जितिन । चौधरीले ३२५ मत ल्याउदै गर्दा धिमालले ९५ र कार्कीले ८९ मत मात्र प्राप्त गरिन् । सहसचिव पदमा खेम मगर निर्वाचित भए ।
सहसचिव पदमा ४ जना प्रतिस्पर्धी थिए । जसमा खेम मगरले २०३ मत ल्याउदै गर्दा अनु खतिवडाले १२८, दीपक थपलियाले ८९ मत र शुशिला पौडेलले ३९ मत प्राप्त गरिन्े ।
यस्तै कोषाध्यक्ष पदमा मन्दिरा दनुवार निर्वाचित भइन् । उनले प्रतिस्पर्धी रेखा अधिकारीलाईपछि पार्दै कोषाध्यक्षमा निर्वाचित भएकी हुन् । दनुवारले २९५ मत प्राप्त गर्दा अधिकारीले १७९ मत मात्र प्राप्त गरिन् ।
संस्थाका कुल ६११ मध्ये ५६४ मत खसेको बुद्धशान्ति–५ का वडाध्यक्ष तथा निर्वाचन समितिका सदस्य डेगेन्द्र कार्कीले जानकारी दिए ।
Discussion about this post