२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रजिअ र सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया

माघ १८, २०७९, १:०३ .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, १८ माघ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लामा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न नागरिक समाज र निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

बुधबार बिर्तामोडमा आयोजित एक अन्तरक्रियामा बोल्दै प्रजिअ पोखरेलले सरकार, नागरिक समाज र निजी क्षेत्रको समन्वय राम्रो भएमा सुशासनको अवस्था मजबुत हुने बताए ।

संवाद समूह झापाको संयोजनमा भएको अन्तरक्रियामा प्रजिअ पोखरेलले झापामा रेलवे प्रभावितहरुको मुआब्जाको समस्या, चिया क्षेत्रको समस्या, मेची प्रादेशिक अस्पतालको सेवा सुधार लगायतका जिल्लाका मुख्य समस्यामा आफू गम्भीर रहेको र समाधानका लागि अधिकतम् पहल गर्ने बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेले जिल्ला प्रशासनको सूचना संयन्त्रमा सुधार गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउने बताउँदै लागूऔषध, मिटरब्याजी, वैदेशिक रोजगारीमा हुने ठगी लगायतका विषयमा बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी बल नेपाल २ नं. गण झापाका सशस्त्रका एसपी देवराज अर्याल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक तुलसीराम प्रसाईंले जिल्लामा नागरिक समाज र सञ्चार क्षेत्रसँग समन्वय गरेर काम गर्ने बताए ।

त्यसैक्रममा संवाद समूहका सदस्यहरु राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझा, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरु, जसपा झापाकी उपाध्यक्ष संगीता रौनियार, रेडक्रस झापाका सभापति लोकराज ढकाल, एबीसी नेपालकी जिल्ला अध्यक्ष कञ्चना ढकाल लगायतले जिल्लामा संवाद समूहले गरिरहेको काम, अभ्यास र संवाद संस्कृतिको बारेमा बताएका थिए । उनीहरुले जिल्लाका समसामयिक सवालका बारेमा समेत कुरा राखेका थिए ।

पत्रकारहरु दिपीन राई, सावित्रा दाहाल, मुक्ति पौडेल, इन्द्रसिंह राजवंशी, लीला अनमोल, विनोद पाण्डे लगायतले विभिन्न सुझाव राखेका थिए ।

प्रजिअ पोखरेलसहित झापामा विभागीय जिम्मेवारी सम्हाल्न भर्खरै आएका सुरक्षा निकायका प्रमुखहरुलाई स्वागत सम्मानसहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको थियो ।

पछिल्लो समाचार

धुलाबारी र मागुरमाडी खानेपानीबीच एकीकरण

अघिल्लो समाचार

‘पार्टीको झोला बोकेर हिँड्ने मात्रै उम्मेद्वार’

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.