१४ आश्विन २०८०, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कृतिम हात–खुट्टाको नाप लिइयो

माघ २२, २०७९, १०:०३ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ माघ । मेचीनगर–२ स्थित बौद्वमोड इङ्लिस बोर्डिङ स्कूल परिषरमा शनिवार निक्कै भिडभाड थियो ।

बौद्वमोड स्थित ब्रमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्थाले अपाङ्गता भएका मानिसहरुलाई निःशुल्क कृत्रिम हात खुट्टा वितरण गर्ने भएपछि देशका विभिन्न जिल्लाबाट फरक क्षमता भएका मानिसहरु सहभागी बनेका थिए ।

भारत राजस्थानको उदयपुर स्थित नारायण सेवा संस्थाका शिविर इन्चार्ज हरिप्रसाद लड्डाको नेतृत्वमा आएको सात जनाको प्राविधिक टोलीले फरक क्षमता भएका व्यक्तिको हात खुट्टाको नाप लिइरहेका थिए । शिविरमा नाथु सिंह, किसन सुतार, नरेन्द्र सिंह, सत्यनारायण मीणा र रजनी मेननको प्राविधिक टोली सहभागी थियो ।

शिविरको उद्घाटन् प्रदेश–१ का कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले गरेका थिए । प्रमुख अतिथि सिटौलाले मानव सेवानै सबैभन्दा ठूलो धर्म भएको बताउँदै ब्रमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था र सहभागी सहयोगी टिमले ठूलो पुण्यको काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेप इण्डिया फाउण्डेसनकी सचिव र्इृन्दिरा शर्मा, रुद्र गौरी प्रतिष्ठानका कोषाध्यक्ष गोपाल ओली, रोजी हिरा फाउण्डेसनकी अध्यक्ष रोजिना प्रधान राई, सहकारी संस्थाका तर्फबाट रामचन्द्र उप्रेती, नारायणी सेवा संस्थाका हरिप्रसाद लड्डा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश–१ (क) का प्रदेश सभा सदस्य गोपाल तामाङ, प्रदेश (ख) की प्रदेश सभा सदस्य सबिना बजगाईँ, नेपाली काँग्रेसका झापा जिल्ला उपसभापति केशवराज पाण्डे, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, मेचीनगर–२ का वडाध्यक्ष दीपक बराल, बौद्वमोड कृषि सहकारी संस्थाका अध्यक्ष नरेन्द्र काफ्ले, शुभचिया सहकारी संस्थाका अध्यक्ष शम्सेरबहादुर खड्का, समाजसेवी केशव ओझा, रमेश दाहाल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

शिविरमा झापा, संखुवासभा, भोजपुर, काठमाडांै लगायत देशभरबाट सहभागी भएका १०८ जना अपाङ्गता भएका मानिसको हात खुट्टाको नाप लिएको र उनीहरुलाई आगामी चैत १५ गते एक कार्यक्रम आयोजना गरेर कृत्रिम हात खुट्टा वितरण गरिने सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले बताए ।

हामी सामाजिक अभियानमा निरन्तर लाग्ने छौं, अध्यक्ष निरौलाले भने,‘ पूर्ण शरीर नहुँदा हरेक व्याक्तिलाई पीडा हुन्छ त्यसैले हामी यस सहकारीको माध्यमबाट देशभर रहेका अपाङ्गता भएको मानिसहरुको खुशीको लागि कृत्रिम हातखुट्टा वितरण अभियानमा निरन्तर लाग्छौं ।’

अध्यक्ष निरौलाले विभिन्न दाता र सरकारसँग समन्वय गरेर निकट भविश्यमा बौद्वमोडमै कृत्रिम हातखुट्टा उत्पादन उद्योग सञ्चालन गर्ने र देशभर सेवा दिने बताए । उनले यस अभियानमा नारायण सेवा संस्थानले सहयोग गर्ने विश्वास व्यक्त गरे । आयोजकले नारायण सेवा संस्थाका अध्यक्ष तथा सिंगो टिमलाई धन्यवाद ज्ञापन गरेको थियो ।

हात, खुट्टा नहुँदा जीवनभरी पीडा बोकेर बसेका व्यक्तिहरुको लागि मात्र होइन उनीहरुको परिवार र सिंगो समाजलाई यस अभियानले खुशी दिएको थियो ।

शिविरमा नारायण सेवा संस्था उदयपुर भारत, नेप इण्डीया फाउण्डेसन कालिम्पुंग, रुद्रगौरी श्री अम्बिका ओली प्रतिष्ठान झापा, रोजी हिरा फाउण्डेसन नेपाल र दकम अपाङ्ग सहयोगी समितिले सहयोग पुर्याएको आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन केशरबहादुर बस्नेतले गरेका थिए ।

 

 

 

पछिल्लो समाचार

अध्यक्षमा खेमराज प्रसाई निर्वाचित

अघिल्लो समाचार

रवि लामिछानेको अभिव्यक्ति आपत्तिजनक : पत्रकार महासंघ

Related Posts

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी
banner -1

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी

अशोज १४, २०८०, ६:५१ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

अशोज १४, २०८०, ५:३० .आइतवार
नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल
banner

नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल

अशोज १४, २०८०, ५:१२ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -1

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अशोज १४, २०८०, ७:१३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In