झापा, २३ माघ । स्मरण शक्तिमा विश्व कीर्तिमानी (मेमोरी किङ्ग) अर्पण शर्माले आफ्नो जन्मदिनको उपलक्ष्यमा सामुदायिक विद्यालयलाई ५१ हजार आर्थिक सहयोग गरेका छन् ।
उनले भद्रपुर नगरपालिका–३ मा रहेको श्री अरनीको माध्यमिक विद्यालयलाई सोमबार सो सहयोग गरे । शर्माले सोही विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका बालबालिकाहरुलाई पोशाक तथा व्याग समेत वितरण गरेका थिए ।
आफ्नो जन्मदिन विद्यालयसँग जोडिएर मनाउने सन्दर्भमा उनले करिब तीन घण्टा बालबालिकाहरुलाई स्मरण शक्ति अभिवृद्धि तालिम समेत प्रदान गरेका थिए ।
Discussion about this post