२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जयन्द्र साहित्य सेवाद्वारा ४ प्रतिभा पुरस्कृत

फाल्गुन ७, २०७९, ३:४५ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ६ फागुन । जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले विभिन्न चार जना प्रतिभालाई पुरस्कृत गरेको छ ।

शनिबार संस्थाको बिर्तामोड स्थित आफ्नै सभाहलमा आयोजित कार्यक्रममा बर्षोत्कृष्ट कृति, विष्णु पद्म चन्द्र विशेष प्रतिभा पुरस्कार, वर्षोत्कृष्ट महिला पत्रकारिता पुरस्कार तथा फरक क्षमताको एकसहित चारवटा पुरस्कार प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा साहित्यकार कोमल पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जयन्द्रप्रसाद प्रसाई उत्कृष्ट बर्षोत्कृष्ट कृति पुरस्कारबाट ‘महाभारा’ उपन्यासका इलामका स्रष्टा बसन्त बस्नेतलाई पुरस्कृत गरेको छ । २०७८ सालमा प्रकाशित साहित्यिक कृतिमध्ये महाभारा कृतिलाई बर्षोत्कृष्ट कृतिका रुपमा पुरस्कृत गरिएको हो ।

त्यसैगरी विष्णु पदमा विशेष प्रतिभा पुरस्कारबाट पूर्व प्राज्ञसभा सदस्य पत्रकार तथा चित्रकार पवन राजवंशी र धनमाया वर्षोत्कृष्ट पत्रकारिता पुरस्कारबाट सिर्जना घिमिरे पुरस्कृत भएका हुन् । पुरस्कृत कृतिकार तथा प्रतिभालाई प्रमुख अतिथि पोखरेल, संस्थाका अध्यक्षसहित उपस्थित अतिथिले सम्मान पत्र, दोसल्ला र नगद राशी प्रदान गरिएको थियो । तीनवटै पुरस्कारको राशी जनही २५÷२५ हजार रहेको संस्थाका कोषाध्यक्ष डिल्लीराम प्रसाईले बताए ।

त्यसैगरी कोष स्थापनाको २० औं वर्ष पुगेको अवसरमा स्थापना गरेको फरक क्षमता भएका व्यक्तिलाई प्रदान गरिने ११ हजार नगद सम्मान पत्र र दोसल्लासहितको पुरस्कारबाट विराटपोखर निवासी चन्द्रप्रसाद भट्टराईलाई प्रदान गरेको सचिव राजेन्द्र प्रसाईले जानकारी दिए ।

साहित्य, शिक्षा, सामाजिक र सञ्चार क्षेत्रका अगुवा तथा अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि पोखरेल, कोषका संरक्षक खगेन्द्र प्रसाई, अग्रज पत्रकार चन्द्र भण्डारी, प्रगतिशील लेखक संघका राजेन्द्र संग्रौला, पूर्व पुरस्कृत कृष्ण बराल, पत्रकार उमाकान्त खनाल, सम्मानित व्यक्तित्वहरु लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

स्वागत तथा औचित्यमाथि कार्यक्रमका अध्यक्ष गोपीकृष्ण प्रसाईले प्रकाश पारेको कार्यकमको सञ्चालन गौतम शर्मा शिवाकोटीले गरेका थिए ।

पछिल्लो समाचार

चर्को व्याजदर विरुद्ध बिर्तामोडमा प्रदर्शन

अघिल्लो समाचार

भद्रपुर झापा गोल्डकप : भद्रपुर ब्लेजर्स विजयी

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.