झापा, १२ फागुन । तेह्रथुमको हातिखर्कमा भीषण आगलागी भएको छ ।
तेह्रथुमको आठराई–६, चुहानडाँडा स्थित हातिखर्कमा भीषण आगलागी भएको हो ।
आगलागीबाट १४ वटा घर जलेर नष्ट भएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिनु भयो । उहाँका अनुसार आगलागी अझै नियन्त्रणमा आइसकेको छैन ।
आगलागीमा जनपथ प्रहरी, सशस्त्र प्रहरी, पालिकाको टोलीसहित स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेको उहाँले बताउनु भयो ।
Discussion about this post