झापा, १९ फागुन । नेकपा एमाले झापा जिल्ला कमिटी उपसचिव चन्द्रा श्रेष्ठले पार्टी परित्याग गरेकी छन् ।
उनले शुक्रबार विज्ञप्ति जारी गर्दै तत्काल अर्को कुनै पार्टीमा नजाने समेत बताएकी छन् ।
उनीसँगै बाह्रदशी गाउँपालिकाका प्रदेश सदस्य पदम थापा, ३ नम्बर क्षेत्रीय सदस्य सज्जाद आलम, हलोदिन मिया र रहिम मियाले पनि एमाले परित्याग गरेका छन् ।
उनीहरुले झापा क्षेत्र नं. ३ मा राप्रपासँग तालमेल गरेको विषयमा असन्तुष्टि जनाउँदै एमाले कार्यकर्ताहरु राप्रपाबाट दमित भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
भद्रपुर नगरपालिकाकी पूर्व उपमेयर समेत रहेकी श्रेष्ठले आफुलाई पार्टी बैठकमा नबोलाइएको समेत विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
Discussion about this post