झापा, २६ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबारदेखि श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेको छ ।
विहीबार काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गराएको छ ।
सो घटनाको छानबिन थालेको छ । छानबिन नसकिए सम्मका लागि सबै जहाज ग्राउन्डेड गराएको प्राधिकरणको भनाई छ ।
प्राधिकरणले यसबारे कम्पनीलाई पत्र काटेर जानकारी गराएको छ । शुक्रबार श्री एयरलाइन्सका कुनै पनि उडान भएका छैनन् ।
विहीबार विहान काठमाडौंबाट भैरहवा गइरहेको जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि धादिङबाट फर्काएर काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो ।
Discussion about this post